रोनाल्डोलाई बलात्कारको आरोप लगाउने अखबारविरुद्ध रियल मड्रिडले कानुनी लडाईं लड्ने

0
170
रोनाल्डोलाई बलात्कारको आरोप
loading...

रोनाल्डोलाई बलात्कारको आरोप लगाउने अखबारविरुद्ध रियल मड्रिडले कानुनी लडाईं लड्ने

एजेन्सी/ स्पेनिस क्लब रियल मड्रिडले आफ्ना पूर्वखेलाडी क्रिष्टियानो रोनाल्डोलाई बलात्कारको आरोप लगाउने र गोप्य सम्झौता गर्न दवाब दिएको दाबी गर्ने पोर्चुगिज अखबारविरुद्ध कानुनी लडाईं लड्ने भएको छ ।

रियल मड्रिडले पूर्व अमेरिकी मोडल क्याथरिन मायोर्गासँग गोप्य सम्झौता गर्न दबाब दिएको दावी गर्ने अखबारविरुद्ध रियल मड्रिडले कानुनी एक्सन लिने भएको हो । जर्मन पब्लिेकशन डेर स्पीगले पीडित युवतीमाथि रियलले गोप्य सम्झौता गर्न रियलले दबाब दिएको भन्दै समाचार प्रकाशन गरेको थियो ।

loading...

उसले आफ्नो समाचारमा हाल बलात्कार आरोपको झमेलामा परेका रोनाल्डोलाई पीडित भनिएकी पूर्वअमेरिकी मोडल क्याथरिनसँग गोप्य सहमति गर्न रियलले दबाब दिएको दावी गरेको थियो । रोनाल्डो सोही वर्ष आफ्नो पूर्वक्लब म्यानचेष्टर युनाइटेड छोड्दै रियल मड्रिडमा आवद्ध भएका थिए ।

सो अखबारले बलात्कारको घट्नालाई ढाकछोप गर्न रोनाल्डोले केथरिनसँग ३ लाख ७५ हजार डलरमा गोप्य सहमति गरेको बताएको छ । पोर्चुगिज अखबार कोर्रिओ डा मन्हाले बुधबार दाबी गरेअनुसार रियल मड्रिडकै आग्रहमा रोनाल्डो र क्याथरिनबीच यो गोप्य सहमति भएको थियो ।

Loading...

यस खबरलाई खण्डन गर्दै रियलले गलत खबर फैलाएर क्लबको छबि बिगार्न खोजेको बताएको छ । उसले एक आधिकारिक वक्तब्य जारी गर्दै पोर्चुगिज अखबार कोर्रिओ डा मन्हाविरुद्ध कानुनी लडाईं लड्ने निर्णय लिएको छ ।

Facebook Comments

Loading...