सिन्डिकेट पक्षधरसँग कठोर बन्दै सरकार साथ दिदै मेट्रो र साझा यातायात

0
215
यातायात सिण्डिकेट

२१ चैत, काठमाडौं । सिन्डिकेट पक्षधरसँग कठोर बन्दै सरकार साथ दिदै मेट्रो र साझा यातायातः  कोटेश्वर पूर्वका ११ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडाैंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वान गरेको छ ।

यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार (अाज) नै सबै प्रक्रिया पुरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो ।

अत्यावश्यक सार्वजनिक सेवमा समितिहरुले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरुलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो ।

मयुर यातायातले काठमाडौं-बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि ११ वटा समितिले ग्रामीण र शहरी दुवै भेगका बस चलाउन छाडेका हुन् । मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ ।

काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरुले सेवा अवरुद्ध पर्दा यात्रुहरु मारमा परेका छन् । नियमित कामका लागि हिँड्ने यात्रुहरु, ग्रामीण भेगमा पुग्नु पर्ने यात्रुहरुलार्इ यातायात सुविधा नहुँदा धेरै समस्या भएको छ ।

यही समस्यालार्इ ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलार्इ पनि रूट इजाजत दिने निर्णय गरेको हो ।

‘जो आएपनि आजै रुट इजाजत दिन्छौं । ब्यवसायीको इच्छाअनुरुप अस्थायी या स्थायी दुबै इजाजत दिने निर्णय भयो,’ विभागका महानिर्देशक रुपनारायाण भट्टराईले भने,’धुलिखेलसम्म बस चलाउन चाहानेले आजै इजाजत पाउँछन् । सरकारले सो रुटमा चल्ने बसलाई सुरक्षा पनि दिन्छ ।’

उनले सिन्डिकेटको पक्षमा बस्न गरिएका बसहरुको रुट इजाजत खारेजीको प्रक्रिया पनि अघि बढेको बताए । अत्यावश्यक सेवामा हड्ताल गरेर यात्रुलाई दुःख दिने काम जायज नभएको भन्दै भट्टराईले सिन्डिकेटको पक्षमा रहेकाहरुको मागको सुनुवाइ गर्न नसकिने बताए ।

मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा सिन्डिकेटधारी समितिहरुले कोटेश्वरपूर्वको सार्वजनिक यातायातलाई अवरुद्ध पारेका छन् ।

विभागले व्यवसायीको अघि घुँडा नटेक्ने भन्दै धुलिखेलसम्मको रुट इजाजतलाई खुला गरेको हो ।

सरकारी निर्णयलाइ साझा र मेट्रोको साथ

अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझा र मेट्रोले भने विस्तार गरेका छन । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ ।

आफ्नो एकाताधिकार तोडिएपछि ११ वटा समितिले बुधबार बस चलाएका छैनन् ।

काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि समितिहरु आन्दोलित भएका हुन् ।साझा यातायातले यसअघि भक्तपुरसम्म रुट विस्तार गर्दा व्यवसायीले बिरोध गरेका थिए । ब्यवसायीकै विरोधका कारण बनेपासम्म जाने साझाको इच्छा पुरा भएको थिएन ।

तर, अहिले व्यवसायी सेवा अवरुद्ध गरेर मयुर यातायातविरुद्ध उत्रिएपछि यातायात व्यवस्था विभागले जुनसुकै बसलाई धलिखेलसम्म रुट इजाजत दिने निर्णय गरेको छ ।

यही मौकामा साझा र मेट्रोले सर्वसाधाराणलाई रहात दिने गरी बनेपासम्म सेवा विस्तारको निर्णय गरेको हो ।

Facebook Comments

Loading...