बगरमा सुन (तरकारी तथा फलफुल) फलाउने तरीका अनि त्यसको सम्पुर्ण जानकारी ! ! !

0
436
बगरमा

बगरमा सुन (तरकारी तथा फलफुल) फलाउने तरीका अनि त्यसको सम्पुर्ण जानकारी ! ! !

खोलाको छेउछाउको भाग, जहाँ वर्षादको समयमा खोलामा पानी बढेको बेलामा खोलाको पानी बग्दछ भने हिउँदको समयमा खोलाको पानी घट्न गई बलौटे पाङ्गो माटो देखिन्छ, त्यसलाई बगर (खोला किनार) भनिन्छ । आज हामीलाई यही बगरमा गरिने विभिन्न प्रकारका तरकारी खेतीको बारेमा आवश्यक सम्पूर्ण प्राविधिक जानकारी र प्रविधि कृषि बिज्ञ पदमबहादुर सुवेदीले सिकाउदै हुनुहुन्छ । सुवेदीले कृषितर्फको हर्टिकल्चर बिषयमा एम एस्सी गर्नुभएको छ ।

उहाँ कृषि विकास मन्त्रालयको कृषि अधिकृतका साथै सुर्खेतमा सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको जोन कार्यान्वयन इकाई (अदुवा र बेसार) को जिम्मेबारी पनि सम्हाल्नुभएको छ । आशा छ, वगरमा गरिने तरकारी खेतीसम्बन्धी यो आवश्यक जानकारी र प्रविधिले किसानहरुलाई ठूलो सहयोग प्रदान गर्नेछ ।

अघिल्लो लेखमा हामीले बगरमा पाइने माटो, उपलब्ध अवसरहरु, बगर खेती प्रविधि एवं बगर (खोला किनार) मा तरकारी खेती गर्नुका उद्देश्यहरूका बारेमा बताएका थियौं । त्यसको बाँकी भाग अाज प्रस्तुत गर्ने छौं

बगर खेतीको महत्वः

१. जमिनको सदुपयोगः

मौसमी तथा नदीको छेउछाउको ठूलो फाँट जहाँ हिउँदको समयमा त्यसै खाली रहने गरेको थियो सो ठाउँमा तरकारी खेती गर्दा खेर गईराखेको जमिनको सदुपयोग हुने गरेको छ ।

२. तरकारीको माग आपूर्तिमा सहयोगः

बगर जस्ता खेर गईराखेको ठाउँहरुमा तरकारी खेतीले बजारमा तरकारीको मागलाई पूर्ती गर्न सहयोग गर्दछ ।

३. आर्थिक महत्वः

क) बगरमा तरकारी खेती गर्ने कृषक तथा कृषक समूहले बेमौसमी तरकारीहरु जस्तैः काँक्रा, लौका, घिरौला, फर्सी, भाण्टा उत्पादन गरी बढी मूल्यमा तरकारी बिक्री गरि आर्थिक लाभ गरिराखेका छन् र गर्न सक्छन् ।
ख) सम्बन्धित टोल वा समुदाय वा गाउँ विकास समितिले बगर क्षेत्रलाई ठेक्का दिएर तरकारी खेती गर्ने अनुमती दिने गर्नाले ठेक्काबाट उठेको रकमले विकास निर्माणका कार्यहरु गर्न टेवा पुर्याउँदछ ।

४. पौष्टिक महतवः

बगरमा उत्पादन गरिने तरकारीहरु प्रायः बेमौसमी हुने गरेको छ । यसले उत्पादक तथा उपभोक्ता दुवैले उपभोग गर्ने हुँदा तरकारीबाट प्राप्त हुने खाद्यतत्व प्राप्त हुन गई हामीहरुको पोषण सुधारमा पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

५. रोजगारी सृजनाः

बगरमा तरकारी खेती गर्नाले यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको सिर्जना गरिराखेको हुन्छ ।

६. प्रत्यक्ष रोजगारीः

बगरमा तरकारी उत्पादन गर्न संलग्न कृषक तथा ज्यामीहरु-कृषक तथा कृषक परिवारको लागि बगर खेतीले स्व–रोजगार सिर्जना गरिराखेको हुन्छ ।

७. अप्रत्यक्ष रोजगारीः

तरकारी ढुवानीकर्ता, लोड–अनलोड गर्ने व्यक्तिहरु, ग्रेडिङ्ग, प्याकेजिङ्ग गर्ने व्यक्तिहरु, थोक तथा खुद्रा ब्यापारीहरु ।

बगरखेतीका अवसरहरु

  • रोगकिराको प्रकोप तुलनात्मकरुपमा कम देखिनु ।
  • खनजोत÷खेतीगर्न सजिलो हुनु ।
  • प्राङगारिक पदार्थको उपयोग छिटो र प्रभावकारी देखिनु ।
  • प्रायः खोला किनारमा गरिने भएकाले सिंचाई सरलता हुनु ।
  • गोडमेल गर्न सजिलो हुनु ।
  • भूमिहिनहरुका लागि खेती गरी जिविकोपार्जन सुधार गर्न राम्रो अवसरकोरुपमा स्थापित हुनु ।
  • बेमौसमी उत्पादन हुने भएकोले उत्पादित तरकारीको राम्रो बजार पाईनु
  • नेपालका थुर्पै खोला नदिका उपयुक्त बगरहरुमा विस्तार गर्न सकिने ।

बगरखेतीका चुनौतीहरु

  • छाडा पशुहरुबाट हुनसक्ने नोक्सानी ।
  • प्राकृतिक प्रकोप ( हुरी –बतास -आधिं ) बाट हुनसक्ने क्षति ।
  •  बगरहरु प्राय मानिसहरुको बासस्थान भन्दा टाढा हुने भएकोले चोरीको बढि सम्भावना ।
  •  मलखादको आवश्यकता अधिक हुने ।
  •  बाली लिन लामो समय कुर्नु पर्ने ।
  •  बर्षमा एक बालीमात्र लिन सकिने ।
  •  पटक पटक मल दिई रहनु पर्ने ।
  •  विरुवाले शूक्ष्म तत्वको अभावका लक्षणहरु वढि देखाउन सक्ने ।

बगरखेतीको लागि बगरक्षेत्रको छनौट

मनसुनी वर्षा बन्द भई बाढि आउन छाडेपछि बाढिले थुपारेको मलिलो पाँगो माटो भएको बगरक्षेत्र यो प्रयोजनको लागि छनौट गर्नु पर्दछ । बढि चिस्यानले वीउ तथा विरुवालाई असर नगरोस भन्नाकाखातिर पानीको सतह करिब २ फिट जति तल भएको बगर यसको लागि अनुकुल मानिन्छ । यस्तो बगरक्षेत्र कृषक वस्तीवाट नजिक वा कृषकले अस्थायी रुपमा त्यही बस्न र रेखदेख गर्न सक्ने खालको हुनु जरुरी छ ।

बगरखेतीमा ध्यान दिनु पर्ने कुराहरु

  • हावाहुरीबाट आउने धुलो वालुवाका कणहरुबाट वालीलाई जोगाउन ,उपजको गुणस्तर बढाउन,जमिनमा चिस्यान कायम राख्न जमिनको सतहमा सुख्खा घाँस परालको छापो दिनु पर्छ ।
  • राम्रो उत्पादन पाउनको लागि घाँस उम्रीसकेको बगरमा भन्दा भर्खरमात्र त्यसै वर्षको वाढिले पुरेको वालुवा ÷बगरमा खेती गर्नु पर्दछ ।
  •  कम उब्जाउ बगरहरुमा विरुवा बाक्लो रोप्नु उपयुक्त हुन्छ ।
  •  खस्रो बालुवा भएको स्थानमा प्रति खाडल १–२ के.जी. चिम्टा्इलो माटो मिसाई बाली लगाउदा उत्पादन राम्रो हुन्छ ।
  •  पानीको सतह हेरी आवश्यकता अनुसार बालुवा उठाएर सतहमै अथवा खाडल बनाई वीउ रोप्दा बाली राम्रो हुन्छ ।
  •  बगरमा खाद्यतत्वहरु चाडै नै सकिने हुदाँ लहरे तरकारीमा लामो समयसम्म उत्पादन लिन डि.ए.पी.,युरिया र पोटास मलले टपडे«स गर्नु पर्दछ ।
  •  उचित बजार भाउ पाउनको लागि प्लाष्टिक घर बनाई जाडो मौसमको सुरुमा बेर्ना उत्पादन गर्नु पर्दछ ।
  •  राम्रो उत्पादन लिनको साथै फलमा लाग्ने औंसा किराको प्रकोप कम गर्नको लागि स्क्वास फर्सीलाई कार्तिक महिनामा लगाउनु पर्दछ ।
  •  हावाहुरीबाट नोक्सान कम गर्न र यसले ल्याउने धुलो,बगरका कणहरुलाई तरकारीको झाङ्मा नपरोस् साथै अतिरिक्त आम्दानी समेत लिनको लागि गहुँ हारमा लगाउनु पर्छ ।

पहिलो भाग पढ्नको लागि यहाँ जानुहोस ।

 

सन्दर्भ सामाग्रीहरु
बगर खेती : फरवार्ड चितवन ।
बाढीजन्य क्षति पुननिर्माण आयोजना अन्तरगत कैलाली कंचनपुरमा संचालित कार्यक्रम तर्फ सि.एम.एस.बाट प्रदान गरिएका तालिम सामाग्रीहरु ।

Facebook Comments

Loading...