पोखरामा आरटुएमको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमीनार हुने

0
584
अष्ट्रेलियन एजुकेशन

पोखरामा आरटुएमको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमीनार हुने

पोखरा । भाद्र ५ गते पोखरामा आरटुएमको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमीनार हुने भएको छ । अष्ट्रेलिया लगाएतका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रबन्ध गर्दै आइरहेको आरटुएमको आयोजनामा सेमीनार हुने भएको हो ।

आरटुएम पोखराको कार्यालय सिद्धार्थचोकको सभाहलमा करिब २ सय जना विद्यार्थीको सहभागितामा सेमिनार हुने आरटुएमका डाइरेक्टर राजन बास्तोलाले जानकारी दिए ।

एकदिने सेमीनारमा आयोजकका साथै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । मुख्यत आगामि इन्टेकका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सेमिनारमार्फत आफु पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य जानकारी प्रत्यक्ष रुपमा लिन सक्नेछन् ।

loading...

सेमिनारमा सिड्नी मेट्रो कलेजको प्रतिनिधि तथा स्पेसलिस्ट समिरा सिलवालले व्यक्तिगतरूपमा पनि परमर्श दिनुहुनेछ। भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइने छ । अष्ट्रेलिया जानका लागि वर्तमान परिवर्तित नियम कानुनका बारेमा पनि सेमिनारमा सही सूचना प्रदान हुने उनको भनाइ छ । विद्यार्थीको विश्वास जित्न आफूहरु सफल रहेको बताउँदै उनले अष्ट्रेलिया जान चाहने विद्यार्थीको रोजाईमा आरटुएम परेको उनले बताइन ।

विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक अवस्थाअनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु सेमीनारको उदेश्य भएको बताउँदै डाइरेक्टर बास्तोलाले भने “कुनैपनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस भन्ने हाम्रो चाहना हो ।”  सेमीनारमा निशुल्क प्रवेशको व्यवस्था छ । विगत लामो समयदेखि सेवा प्रदान गरिरहेको आरटुएम मार्फत हालसम्म हजारौं विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि पुगिसकेका छन् ।

जापान जानु अघि जानी राखौंः जापानमा बस्दा खानामा हुने खर्च कम गर्ने उपायहरु

Loading...

 

loading...

Facebook Comments

Loading...