पिपिएल:  पोखरा पल्टनको लोकल आइकन प्लेयर छनौट क्याम्प सुरु

0
135
पोखरा प्रीमियर लिग
loading...

पिपिएल:  पोखरा पल्टनको लोकल आइकन प्लेयर छनौट क्याम्प सुरु

पोखरा रंगशालामा यहि कार्तिक ९ गते देखि हुन गइरहेको राष्ट्रकै सबैभन्दा ठूलो घरेलु क्रीकेट प्रतियोगिताको लागि पोखरा पल्टन ले आफ्नो लोकल आइकन प्लेयर छनौट क्याम्प हिजो देखि सुरु गरेको हो।

पि पि एलका लागि हरेक टिमले आफु जोडिएको शहरका स्थानीय खेलाडीहरुबाट २ जना लोकल आइकन प्लेयर राख्नुपर्ने नियम भएकाले कास्की र आस्पासका घरेलु क्रीकेटरहरुबाट उत्कृष्ट खेलाडीहरुको क्याम्प हिजोबाट पोखरा रंगशालामा चलेको छ।

पोखराका निकै प्रसिद्ध अलराउन्डर अमृत गुरुङ , पुर्व राष्ट्रिय खेलाडी दीपेश खत्री, नेपाल यु१६ का भरपर्दा तिब्रगतिका बलर समीर सेन र पश्चिमाञ्चल क्षेत्रबाट माथिल्लो क्रममा ब्याटिङ गर्ने ब्याट्सम्यान सुमन घिमिरे गरी ४ जनाले प्रतिस्पर्धा गर्ने क्याम्पबाट अन्तिम २ जनाको छनौट हुने छ।

loading...

धुवादार ब्याटिङ र कसिलो तिब्र गतिको बलिङ गर्ने अमृत गुरुङ राष्ट्रिय खेलाडी करन के सि सङै मिलेर पोखरामा क्रीकेट एकेडिमी चलाउछ्न। दिन रात सङ्गै प्राक्टिस र कोचिङ्ग गर्ने भएकाले होला उनको खेल हेर्दा दोश्रो करन भन्नू गलत नहोला।

पुर्व राष्ट्रिय खेलाडी समेत रहेका दीपेश खत्री पनि नेपालकै नामुद अलराउन्डरमा चिनिन्छन। तर खेल जिवनमा भोग्नु परेका इन्जुरीका कारण अहिले उनी आफ्नो ब्याटिङकै मात्र भरमा पनि पश्चिमाञ्चल क्रीकेटका तारा बनी उदाउन सकेका छन।यस्तै नेपाल यु१६ को प्रतिनिधित्व गरिसकेका समीर सेन पनि निकै प्रतिभावान तिब्र गतिका बलर हुन। परेको खण्डमा ब्याटिङबाट अलिकती रन पनि जोड्न सक्ने समीर नेपाली क्रीकेटका एक उदाउदा तारा हुन र उनिबाट हामी धेरै आश गर्न सक्छौ।

Loading...

यसैगरी क्षेत्रीय क्रीकेटमा आफ्नो ब्याटिङको जादु देखाइसकेका सुमन घिमिरे पनि पोखरा पल्टनबाट आफ्नो जादु देखाउन आतुर र प्रतिभावान छ्न।

Facebook Comments

Loading...