पोखरा प्रीमियर लिग: बिजेतालाई २७ लाख नगद, अरु के के छन् पुरस्कारहरु?

0
133
पोखरा प्रीमियर लिग
loading...

पोखरा प्रीमियर लिग: बिजेतालाई २७ लाख नगद, अरु के के छन् पुरस्कारहरु?

पोखरा/ यही कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख नगद पुरस्कार पाउने भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स प्रालिले प्रतियोगिताको पुरस्कार राशि घोषणा गेको हो ।

यससँगै पिपिएलमा दिइने २७ लाख नगर पुरस्कार यो टी–२० फ्रेन्चाइज लिगमा दिइने सबैभन्दा धेरै पुरस्कार राशिसमेत बनेको छ । आयोजकका अनुसार प्रतियोगिताको उपविजेताले १० लाख नगद पाउनेछ ।

त्यसैगरी, प्रतियोगिताको म्यान अफ् दि सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई सुजुकी जिक्सर १ सय ५५ सिसीको मोटरसाइकल पुरस्कारमा प्रदान गरिनेछ ।

यता, प्रतियोगिताभर हरेक खेलमा म्यान अफ् द म्याच बन्ने खेलाडीले नगद १० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताभर हरेक खेलको विजेता टोलीलाई रिलायन्स सिमेन्ट विनिङ बोनसबापत नगद १५ हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ ।

Loading...

प्रतियोगतामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा विराटनगर टाइटन्स, चितवन राइनोज, काठमाडौं रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

loading...

Facebook Comments

Loading...