बालिकामाथी सामुहिक बलात्कार गरेको आरोपमा चार पक्राउ

0
पेस्तोल र खुडासहित,बलात्कार आरोपमा, महिलालाई बलात्कार,भोजपुरमा, सामुहिक बलात्कार
Advertisement

बालिकामाथी सामुहिक बलात्कार गरेको आरोपमा चार पक्राउ

उदयपुर / उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ ।

Loading...

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् ।

यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

Facebook Comments

Loading...