पोखरा प्रिमियर लिग कात्तिक ९ देखि सुरु हुने,यस्तो छ तयारी

0
388
loading...

पोखरा प्रिमियर लिग कात्तिक ९ देखि सुरु हुने,यस्तो छ तयारी

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ।

सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै क्वीन इभेन्ट्स म्यानेजमेन्ट पिपिएल कार्तिक ९ गतेदेखि २० गतेसम्म चल्ने जानकारी दिइएको हो ।

प्रतियोगितामा पोखरा, काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी र नेपालगन्ज गरी ६ ओटा ‘फ्रेन्चाइज’ टिमले भाग लिने आयोजक क्वीन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए । हरेक टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी रहने जानकारी पनि गराइएको छ ।

खेलाडी छनोट ‘अक्सन’मार्फत् हुने र नेदरल्यान्ड्स, युएई, हङकङजस्ता बलिया देशका खेलाडीहरुले अक्सनमा सहभागिता जनाउनका लागि इच्छा देखाएको आयोजकले जनाएको छ ।

सो अवसरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पीपीएलले नेपालको क्रिकेटमा नयाँ ऊर्जा थप्ने बताए ।

उनले पोखराको क्रिकेट मैदानलाई न्यूजिल्यान्डको क्रिकेट मैदानसँग तुलना गर्दै पोखराजस्तो सुन्दर नगरीमा क्रिकेट खेल्दा आनन्द आउने बताए ।

प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मत–सम्भारको काम भइरहेको छ । मैदानको ‘लेभलिङ’को काम सकिएपछि घाँस रोपेर हरियो बनाइने छ ।

मैदानमा खेलाडीका लागि पभेलियन, स्कोर बोर्डका साथै दर्शकका लागि स्क्रिन बोर्ड र अस्थायी प्यारापिट निर्माण गरिने आयोजकको भनाइ छ ।

क्रिकेट मैदानमा चारओटा क्रिकेट पिचको मर्मत–सम्भार भइरहेको छ । सेन्टर क्रिकेट पिचसहित दुईओटा बनिसकेका छन् भने अरु दुईओटामा दुबो रोप्न बाँकी रहेको छ ।

मैदानलाई चारैतिर तीन मिटर थपेर अन्तर्राष्ट्रिय मापदन्डको क्रिकेट ‘आउट फिल्ड’ बनाइने काम भइरहेको छ । डोजर लगाइ थपेको मैदानमा बालुवा र माटो हालेर दुबो रोप्ने काम पनि भइरहको छ ।

मैदानको उत्तरतर्फ दर्शक बस्नका लागि अस्थाइ प्यारापिट निर्माण गरिने भएको छ । १०० फलामे प्यारापिटमा करिब चार हजारजना दर्शक बस्नसक्ने गरी निर्माण गरिने आयोजकले जनाएको छ ।

Loading...

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई माथि उठाउने बताए । उनले पोखरामा क्रिकेट मैदानलाई हेर्दा काम गरे हुँदो रहेछ भन्ने प्रमाणित भएको बताए ।

loading...

Facebook Comments

Loading...