जापानमा सपिङ गर्दा पैसा बचाउनु छ? ‘प्वाइन्ट कार्ड’ किन प्रयोग नगर्ने ?

0
207
loading...

जापानमा सपिङ गर्दा पैसा बचाउनु छ? ‘प्वाइन्ट कार्ड’ किन प्रयोग नगर्ने ?

जापान जाँदै हुनुहुन्छ वा जापानमा हुनुहुन्छ हामी Green Pheasant Education Consultancy Pvt.Ltd. पुल्चोक,ललितपुर को तर्फबाट शुभकामना । साथै म छिरीगं तामाङको तर्फबाट पनि शुभकामना । म जापान बसेको ४ बर्षमा मैले भोगेको र त्यहाँ बसिन्जेल थाहा पाएका कुराहरू यहाँ हरूलाइ बताउन जाँदैछु । जसले तपाइको जापान बसाइ सस्तो र मितव्यती हुनेछ ।

यदि तपाई जापानका कन्भिनियन्स स्टोरमा किनमेल गर्न जानुभएको छ भने पक्कै पनि ‘प्वाइन्ट कार्ड छ कि छैन ?’ भनेर सोधिएको हुनु पर्छ । जापानका विभिन्न पसलहरुले विशेषगरि कन्भिनियन्स स्टोर तथा सुपरमार्केटहरुले ग्राहक आकर्षित गर्नका लागि विभिन्न किसिमका प्वाइन्ट कार्डहरु प्रचलनमा ल्याएका हुन्छन् ।

प्रायजसो कार्डहरुमा तपाइले गएर सामान किन्दा १०० येन बराबर १ प्वाइन्ट जम्मा हुन्छ । जम्मा भएको प्वाइन्टलाई एक प्वाइन्ट बराबर १ येनको दरमा परिवर्तन गरि सामान किन्न सकिन्छ । जस्तै तपाइसंग भएको कार्डमा ३००० प्वाइन्ट जम्मा भयो र तपाइले आफ्नो प्वाइन्ट प्रयोग गरि सामान किन्न चाहानुभयो भने ३००० येन बराबरको सामान किन्न पाउनुहुन्छ ।

सधैजसो सपिङ गर्न गइरहने सुपरमार्केट तथा सधै खाना खाइरहन जाने पसल वा ठूला इलेक्ट्रिक कम्पनीहरुहरुको प्वाइन्टकार्ड प्रयोग गर्नु फाइदाजनक हुन्छ । इलेक्ट्रिक सामानहरुको मूल्य धेरै हुने हुँदा खरिदपश्चात जम्मा हुने प्वाइन्ट पनि अधिक हुन्छ । धेरै क्रेडिट कार्ड कम्पनीहरुले पनि क्रेडिट कार्डको प्रयोग गरेवापत प्वाइन्ट जम्मा हुने सुविधा दिएका हुन्छन् ।

आजको पोष्टमा हामी कुन प्वाइन्ट कार्डलाई कहाँ कसरि प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिंदैछौं । यि कुराको ज्ञान भयो भने तपाइको तपाईले गरेको खर्चभित्र पनि केही रकम बचत भइरहेको हुनेछ जसलाई तपाई अन्य थप सामान किन्न प्रयोग गर्न सक्नुहुन्छ । जापानमा चल्तिमा रहेका कन्भिनियन्स स्टोर र तिनले दिने प्वाइन्ट कार्ड सुविधाहरुवारे जानकारी यहाँ दिइएको छ ।

सेभेन इलाभेन
कार्डको नाम : नानाको
पाइने प्वाइन्ट : प्रत्येक १०० येन खर्च गर्दा १ प्वाइन्ट
प्वाइन्टको म्याद : प्वाइन्ट पाएको २ वर्ष सम्म र अन्त्य सधै मार्चमा हुन्छ जस्तै जुन २०१६ मा कमाउनु भएको प्वाइन्टमा २०१८ मार्च ३१ सम्मको म्याद हुन्छ ।

अधिकारिक वेबसाइट : https://www.nanaco-net.jp

loading...

यसको राम्रो पक्ष भनेको तपाइले यो कार्ड इत्योकादो (किराना पसल) र डेजिन (पारिवारिक रेस्टुरेण्ट) मा पनि प्रयोग गर्न सक्नुहुन्छ।

लसन
कार्डको नाम : पोन्ता
पाइने प्वाइन्ट : प्रत्येक १०० येन खर्च गर्दा १ प्वाइन्ट र पसलमा गएबापत १ प्वाइन्ट
प्वाइन्टको म्याद :  १ वर्षसम्म प्रयोग नगरे म्याद सकिन्छ, प्रयोग गर्नु भयो भने अर्को बर्षको म्याद थपिन्छ ।

अधिकारिक वेबसाइट : http://www.lawson.co.jp/ponta/

यसको राम्रो पक्ष भनेको तपाइले यो कार्ड जिओ (भाडामा डि भी डि पाइने) स्टोर्समा प्रयोग गर्न सक्नुहुन्छ । तपाइले पसल
जानुभएको मात्रै पनि १ प्वाइन्ट पाउनुहुन्छ । आफुसंग भएको प्वाइन्टले तपाई कुनै चिज किन्न सक्नुहुन्छ । यदि तपाईसंग ३०० प्वाइन्ट छ भने त्यो प्वाइन्ट कुन सामानसंग साट्न सक्नुहुन्छ ।

फ्यामिली मार्ट
कार्डको नाम :  टि–प्वाइन्ट
पाइने प्वाइन्ट :  प्रत्येक १०० येन खर्च गर्दा १ प्वाइन्ट
प्वाइन्टको म्याद :  १ वर्षसम्म प्रयोग नगरे म्याद सकिन्छ, प्रयोग गर्नुभयो भने अर्को बर्षको म्याद थपिन्छ ।

अधिकारिक वेबसाइट : http://tsite.jp/

हाम्रो अनुभवका आधारमा भन्नुपर्दा टि–प्वाइन्ट कार्ड यि तिन मध्येको सबैभन्दा उत्तम कार्ड हो । तपाईले यो कार्डलाई फ्यामिली मार्ट बाहेक पनि अन्य धेरै स्टोरहरुमा प्रयोग गर्न सक्नुहुन्छ । ति स्टोरहरुमा यो कार्ड प्रयोग गर्नुभएको खण्डमा प्वाइन्ट पाउनुहुन्छ र ति प्वाइन्टको प्रयोग गरि टि–प्वाइन्ट कार्ड चल्ने जुनसुकै पसलमा सामान लिन सक्नुहुन्छ ।

यदि तपाई मंगलबार, शनिबार र प्रत्येक महिनाको २० गते सामान खरिदका लागि जानुभएको भने प्वाइन्ट दोब्बर हुन्छ ।

ध्यान दिनुपर्ने कुरा चै के हो भने कन्भिनियन्स स्टोरहरु सुपरमार्केट भन्दा महंगा हुन्छन् । यदि तपाईले नियमित सामान किनिरहनुपर्ने स्थानमा सुपरमार्केटहरु छन् भने तिनमा गएर सामान किन्ने बानी बसाउनु राम्रो र सस्तो हुन्छ । धेरै सुपरमार्केटहरुले पनि प्वाइन्ट कार्ड वितरण गरिरहेका हुन्छन् । जस्तै AEON को WAON प्वाइन्टकार्ड, जुन तपाई DAIEI सुपरमार्केट र माइवास्केत्तोमा पनि प्रयोग गर्न सक्नुहुन्छ । सुपरमार्केटको सहजता छैन र कन्भिनियन्स स्टोरमै सामान किन्नुपर्ने अवस्था छ भने अनिवार्य प्वाइन्ट कार्डहरुको प्रयोग गर्ने गर्नुहोस्, यसरी व्वाइन्ट कार्डहरु प्रयोग गर्दा खर्च भइरहेको रकममा पनि केही बचत भैरहेको हुन्छ ।

Loading...

अब तपार्इ कतै सामान किन्न जादै हुनुहुन्छ भने त्यहाँ प्रयोग हुने प्वाइन्ट कार्डको बारेमा सोध्न नबिर्सिनुहोला । जम्मा भएको प्वाइन्ट प्रयोग गर्न पनि नबिर्सनुहोला । तपाइको जापान बसाइ सहज रहोस ।

Facebook Comments

Loading...