प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ तालिका !

0
139
कानुनी व्यवस्थालाई,ओलीले पनि सर्वसाधारणलाई टीका

प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ तालिका !

यस अघिका दशैमा पूर्वराजा र रास्ट्रपति मात्र सर्वसाधरणलाई टिका लगाइदै आएकोमा यस वर्ष भने प्रधानमन्त्री ओलीले समेत सर्वासाधरणलाई टिका लगाइदिने हुनु भएको छ।

loading...

प्रधानमन्त्री केपी शर्मा ओलीलॆ पिता मोहन प्रसाद ओलीको हातबाट बिहान टिका ग्रहण गरेपछि आफ्नो सचिवालयका कर्मचारीलाई टीका लगाइदिनु हुनेछ।

त्यसैगरी प्रधानमन्त्री दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम रहेको छ भने उनले मन्त्री, सांसद, पार्टीका नेता, लगायतलाई दिउँसो २ बजे टीका लगाइदिने भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । । प्रधानमन्त्रीले पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई दिउँसो साढे ३ बजेपछि टीका लगाइदिनुहुनेछ ।

Loading...

प्रधानमन्त्रीको परिवारका सदस्यहरुलाई भने साँझ ६ बजेपछि टीका लगाइदिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले एकादशीदेखि चतुर्दशी अर्थात कार्तिक ६ गतेसम्म बिहान ९ देखि ११ बजेसम्म पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई टीका लगाइदिने कार्यक्रम छ।

loading...

Facebook Comments

Loading...