पार्टीको नाम जुधेको भन्दै सत्तारुढ दल नेकपा बिरुद्द उजुरी दर्ता

0
144
पार्टीको नाम जुधेको
loading...

पार्टीको नाम जुधेको भन्दै सत्तारुढ दल नेकपा बिरुद्द उजुरी दर्ता

काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नाम जुधाएको भन्दै नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी गरेको छ । कट्टेलले आफू नेतृत्वको पार्टीको पहिचान नै मेट्ने गरी नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा नै नामाकरण गरेर पार्टी दर्ता गराएको भन्दै आयोगमा उजुरी दिनुभएको हो ।

loading...

कट्टेलले आवश्यक परे कानूनी निरुपणका लागि अदालत जाने चेतावनीसमेत दिनुभएको छ । उजुरीपछि आयोग पुगेका सत्तारुढ नेकपाका नेताले भने उजुरीकर्ता दलको र आफूहरुको नाम फरक रहेको दावी गरे । कट्टेल नेतृत्वको पार्टीले भने दलीय र संसदीय परम्परा विपरित नेकपाको नामाकरण गरिएको जिकीर गरेको छ ।

Loading...

कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि ‘अण्डरलाईन’ राखेर दल दर्ताको निवेदन दिएको नेपाल कम्युनिष्ट पार्टीले कोष्टभित्र नेकपा राखेर आयोगबाट दल दर्ताको स्वीकृति लिएको थियो । आयोगले भने नामको विवाद छलफल गरेर टुंग्याउन दुवै दललाई सुझाव दिएको छ ।

Facebook Comments

Loading...