मुखै रसाउने परिकार बनाउनुस अझ स्वादिलोः सिन्कामा उनेर पकाएको पनिर

0
147

मुखै रसाउने परिकार बनाउनुस अझ स्वादिलोः सिन्कामा उनेर पकाएको पनिर

शाकाहारीहरु पार्टी तथा समारोहको खानामा माछामासुलाइ मात्रै महत्वदिइएको देख्दा यस्तो बेलामा खानपानको दृष्टिले आफू एक्लिएको महसुस गर्छन् । आफूले पार्टी, चाडबाडमा खाने त्यस्तो विशेष परिकार नै छैन भनेर उनीहरु मन खल्लो बनाउँछन् । र, चाडबाड तथा पार्टीमा शाकाहारीहरू कुन परिकार उपयुक्त होला भनेर अलमलिन्छन् पनि ।

तपाईं शाकाहारी हुनुहुन्छ भने यसरी अलमलिनुपर्दैन । माछामासु खानेहरुको भिडमा एक्लिएर बस्नुभन्दा तपाईं आफैंले केही परिकार बनाएर चाडबाड तथा पार्टीलाइ स्वादिलो बनाउन सक्नुहुन्छ ।

शाकाहारीका लागि विशेष उत्सवका बेला पनिर निकै उपयोगी हुन सक्छ । चाडबाड बाहेकको समयमा पनि कसैकोमा पाहुना बनेर जाँदा अरुका लागि मासु पाके पनि शाकाहारीका लागि ससम्मान पनिरको परिकार बनाइएको पाइन्छ ।

तपाईंले पनि मटरपनिर, पालकपनिर, जस्ता परिकार खान सक्नुहुन्छ । यस्तै, तोफुका आइटम पनि बनाउन सक्नुहुन्छ ।

यसपटक हामीले शाकाहारीलाइ  सिन्कामा उनेर पकाएको पनिरको रेसीपी बताउँदै छौं ।

चाहिने सामग्री
१.बाँसको सिन्का
२.फिंगर कट÷ लामो गरी काटेको पनिर १ केजी
३.चप गरेको लसुन १०० ग्राम
४.हरियो खुर्सानी चप गरेको ५० ग्राम
५.हरियो धनियाँको जरा चप गरेको ५० ग्राम
६.हरियो धनियाको डाँठ चप गरेको ५० ग्राम
७.क्रस गरेको मरिच २० ग्राम
८.नुन स्वादअनुसार
९.करी पाउडर ५० ग्राम
१०.कागतीको रस ३० एमएल
११.नरिवलको दूध ३०० एमएल
यी सबै सामग्री राखी मोल्ने । मोलेको पनिर सिन्कामा उनेर आगो, ग्रिलर वा प्यानमा पकाउने ।

Facebook Comments

Loading...