अब एसईइ को परिक्षा फारम अनलाइन बाटै भर्न सकिने, कसरी भर्ने फारम ?

0
113
अनलाइन
loading...

अब एसईइ को परिक्षा फारम अनलाइन बाटै भर्न सकिने, कसरी भर्ने फारम ?

काठमाडौँ /अब कक्षा ९ को रजिस्ट्रेशन र एसइई को परिक्षा फारम अनलाइन बाटै भर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा र ९ को रजिस्ट्रेशन फारम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको हो ।

अनलाइन फारम परिक्षा बोर्ड को वेबसाइट मा उपलब्ध हुनेछ । फारम बिद्यार्थीले आफुले नभई बिद्यालयले विद्यार्थीलाई भराउनुपर्ने हुदा विद्यार्थीले आफु अध्ययनरत शैक्षिक सस्थाबाट फारम भर्न सक्नेछन ।

अनलाइनमार्फत फाराम भराउन नसक्ने विद्यालयले भने पहिलेजस्तै विद्यार्थीबाट कागजी फारम भराएर इकाइ कार्यालयमार्फत बुझाउनुपर्ने सापकोटाले बताए । यसअघि विद्यालयले भरेका फारम जिल्लास्थित शिक्षा, विकास तथा समन्वय इकाइको कार्यालयमा बुझाउनुपर्ने प्रावधान थियो ।

कक्षा ९ मा पढदै गरेका विद्यार्थीले रजिस्ट्रेसन भरेपछि २०७६ सालको एसईईमा सहभागी हुनेछन् भने कक्षा १० का विद्यार्थीले २०७५ चैतमा हुने परीक्षामा सहभागी हुन आवेदन फारम भर्नुपर्ने हुन्छ । यी दुवै फाराम मंसिर ७ गतेभित्र भरिसक्नुपर्ने छ । करिब १० लाख विद्यार्थी यी दुई फारम भर्ने तयारीमा छन्

Loading...

गत भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय खारेज भएपछि पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि रजिस्ट्रेसन र परीक्षा आवेदन फारम भराउन लागेको हो ।

loading...

Facebook Comments

Loading...