अनलाइन लाइसेन्स खुल्यो तर वेवसाइट खुलेन, सेवग्राही मर्कामा

0
292
loading...

अनलाइन लाइसेन्स खुल्यो तर वेवसाइट खुलेन, सेवग्राही मर्कामा

यातायात व्यवस्था विभागले यहि २०७५ मंसीर ७ गते शुक्रबार अनलाइन लाइसेन्स फारम खुला गर्ने सुचना प्रकाशीत गरी जानकारी दिएको थियो तर गत बुधबार देखी नै यातायात व्यवस्था विभागको वेवसाइटमा समस्या आएको छ ।

दशैँ तिहार र छठ जस्ता चाड परेको कारण नयाँ आवेदान नलिइ पुरानो ट्रायल र रि ट्रायल मात्र चालु गरेको बताउँदै  यातायात व्यवस्था विभागले आवेदन लिन बन्द गरेको थियो । लाइसेन्सको आवेदनका साथै लिखित र प्रयोगात्मक परीक्षा समेत स्थगित गरिएको थियो।

विभागले आवेदन समेत व्यवस्थीत बनाउन नसकेको, स्मार्ट लाइसेन्स एक बर्ष बित्दा पनि उपलब्ध गराउन नसकेको भन्दै सेवाग्राही आक्रोशीत छन । विभाग सँग बुझ्दा बुधबार देखी सर्भर सार्न लागिएकाले समस्या आएको बताइएको छ । सिंहदरबार स्थीत सुरक्षित सरकारी सर्भरमा सबै डाटा सार्न लागिएकाले यो केही बेरमा समाधान हुने बताइयो । तर अन्तिम समयमा सर्भर सारेर विभागले अक्षम पन फेरी दोहराएको छ ।

आफूहरु पुराना ‘पेन्डिङ’ कार्डको छपाई सक्न लागि परेको हुँदा केही ढिलो हुन गएको तथा लाइसेनस छपाइमा केही समस्या आएको र त्यसलाई मिलाउदा केहि ढिला भएको विभागका प्रबक्ताले जानकारी दिए। कार्ड छपाइ मा विभाग समेतले नसके पछी निजी कम्पनीलाइ पनि स्मार्ट कार्ड छपाइको जिम्मा दिइएको छ । तर पनि हाल सम्म जम्मा ६० हजार मात्र छाप्न सकेको निजी कम्पनी पनी एक महिनामा ५ लाख कार्ड छाप्न सक्ने बताउँदै आएको थियो ।

एका तिर आवेदन दिन मुस्कील, ट्रयाल दिन मुस्कील त्यस पछी स्मार्ट लाइसेन्स पाउन मुस्कील हुँदा सेवाग्राहीलाइ परेको मर्का न त विभागले बुझ्यो न सरकारले नै ।

यसरी भर्नुस अनलाइन लाइसेन्स भर्ने तरीका भिडियो समेत

अनलाइन लाइसेन्स फारम खुल्यो चाँडै भरिहाल्नुस । भर्ने तरीका समेत

Loading...

loading...

Facebook Comments

Loading...