इटहरी उप-महानगरपालिकाका उपमेयरले लेखिन् नाेट अफ डिसेन्ट

0
117

इटहरी उप-महानगरपालिकाका उपमेयरले लेखिन् नाेट अफ डिसेन्ट

इटहरी । दशैंको मुखमा इटहरी उप–महानगरपालिका भित्र भएका विकास निमार्ण कार्यहरूको भुक्तानी हुन नसक्दा ठेकेदाहरू चिन्तित बनेका छन् । रकम भुक्तानी गर्ने बिषयमा गत असाेज १८ गतेकाे कार्यपालिकाको बैठकमा सहमती हुन नसक्दा उपमेयर लक्ष्मी गौतमले नोट अफ डिसेन्ट लेखेपछी भुक्तानी रोकिएको स्रोत ले बताएको छ ।

loading...

गौतमले भनिन् पुरानो भुक्तानी भएकोले यसको बारेमा एक कार्यदल बनेको थियो त्यसको प्रतिबेदन समेत नअाइकन भुक्तानी गर्ने बिषयमा मलाइ चित्त बुझेन । आज सम्म किन रोकियो र अहिले बिना छानबिन भुक्तानीको औचित्य पुष्टि हुनु पर्यो । अर्काे कुरा म एक जनाको असहमतिले भुत्तानी रोकिदैन बहुमत को निर्णय भएकाे छ । मैले कानुन र बिधि संबत नेट अफ डिसेन्ट लेखेकी हुँ गल्ती गरेको छैन राम्रै गरेको छु र यो बिषयमा नगरको हित नै गरेको बताइन् ।

loading...

निमार्ण व्यवसायी राम चन्द्र मतियातका अनुसार अाफुले मेयर तथा उपमेयरको आवास निर्माण तथा अन्य विभिन्न भौतिक संरचनाहरू निर्माण गरेको भुक्तानि नपाएकाे गुनासाे गरे । १५ महिना बितिसक्दा पनि भुक्तानी बिषयमा नगरपालिकाले चासाे नदिएकाे र काम गरेकाे पैसा माग्न जाँदा अाज भाेली भन्दै टार्ने गरेकाे र नगरपालिका धाउँदा धाउँदा हैरान भएकाे बाताए । श्राेतका अनुसार उपनगरपालीकाले विविन्न व्यवसायीहरूकाे ८० लाख बढी रकम भुक्तानी हुन नसक्दा चिन्तित बनेका हुन् ।

Loading...

यस बिषयमा इटहरी उप महानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले एक जनाको असहमती या नोटअफ डिसेन्टले भुक्तानी नरोकिने र सो बिषयमा आफुले प्रकृया अगाडी बढाएको बताएका छन् ।

Facebook Comments

Loading...