बलात्कार मुद्दाः चिकित्सकको बेग्लाबेग्लै रिपोर्टले राय बाझियो

0
120
निर्मला पन्तको, चिकित्सकको

बलात्कार मुद्दाः चिकित्सकको बेग्लाबेग्लै रिपोर्टले राय बाझियो

काठमाडौँ : १२ वर्षीया बालिका बलात्कार घटनामा चिकित्सकको प्रतिवेदन नै दुईथरी आउँदा मुद्दा नै प्रभावित भएको छ । बालिकाको शारीरिक जाँच गर्दा एउटा चिकित्सकले बलात्कार भएको तर अर्काले नभएको प्रतिवेदन दिएका छन् । पीडितको शारीरिक अवस्थासँगै उचाइमासमेत चिकित्सकले फरक फरक राय दिएपछि अनुसन्धानसमेत प्रभावित भएको हो ।

loading...

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक फरक पाइएको छ । गत भदौ ८ राति उनीमाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ ।

loading...

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधीवक्ता सञ्जीव रेग्मीका अनुसार स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका काउन्सिलमा लेखी पठाइएको छ ।

Loading...

जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा। विजयकुमार सिंह र रम्भा गोइतले तयार पारेको स्वास्थ्य प्रतिवेदनमा बालिकाको यौनांग सामान्य रहेको र बलात्कार नभएको उल्लेख छ । तर, जिल्ला अस्पतालका डा। राकेशकुमार सिंहले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा योनिच्छेद भएको, गाला टोकिएको र बलात्कार भएको उल्लेख छ । यो खबर आजको अन्नपुर्ण पोष्टम छ ।

Facebook Comments

Loading...