इटहरी चोकमा निर्मलाको पोस्टर

0
172

इटहरी चोकमा निर्मलाको पोस्टर

इटहरी/ कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त बन्दै गएको छ । अभियानकर्ताहरुले निर्मलाका लागि न्याय माग्दै सोमबार इटहरीमा समेत पोस्टर टासेका छन।

loading...

एमआरआर इटहरीका अभियानकर्ताले ‘सरकार भेटियाे न्याय भेटिएन’ लेखिएका पोस्टर इटहरीको मुख्य चोक चोकमा टासेका थिए। २०-२२ जना युवा भेला भएर सवारी साधन सडक किनार र बिजुलीका पोलमा पोस्टर टासेका छन् । सरकारले बिभिन्न ठाउमा टासिएको पोस्टर च्यातेपछि अभियानकर्ताहरुले सशक्त रुपमा नयाँ शैली अपनाउदै यस अभियानलाई निरंतरता दिइरहेको छ।

निर्मला पन्तको बलात्कार पछि हत्याको घटनाका आरोपीलाई पक्राउ गर्न मानसिक सन्तुलन गुमेका व्यक्तिलाई हिरासतमा राख्नेदेखि प्रहरीका उच्च पदस्थ व्यक्तिहरु समेत निलम्बनमा परे । तर अझै सम्म घटनाको दोषीलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

Loading...

loading...

Facebook Comments

Loading...