बीयरको बोतलमा स्वर्गीय राजा वीरेन्द्रको नाम र तस्वीर, कति उचित कति अनुचित ?

0
3579
Late King Birendra Bir Bikram Shah
Late King Birendra Bir Bikram Shah
loading...

विनोद रिमाल विकल्प

बीयरको बोतलमा स्वर्गीय राजा वीरेन्द्रको नाम र तस्वीर, कति उचित कति अनुचित ?

वीरेन्द्र
Late King Birendra

हालै स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको मदिरा पिउदै गरेको तस्वीर अंकित गरि स्वीजरल्याण्ड को Turbinenbrau नामको मदिरा उत्पादक कम्पनीले बजारमा ल्याएको ‘Birendra Beer’ नामको वियरको तस्वीरहरू सार्वजनिक भए लगत्तै यस माथी तिब्र प्रतिक्रिया हरू शुरू भएको छ, विशेषत: विश्व भर छरिएर रहेका नेपालीहरू माझ यो विषयले स्थान पाइरहेको छ र सामाजिक संजालहरूमा यस माथि चर्को बहसहरू भइरहेका छन् ।

वीरेन्द्र
Birendra Beer on Magazine

धेरैले यसलाई गलत भनिरहेका छन् भने केहीले यो सामान्य रहेको र पक्कै पनि उक्त कम्पनीले संपूर्ण कानुनी पक्षहरू माथी औपचारिकता पूरा गरेरै उक्त बीयर बजारमा ल्याएको होला, यसमा आपत्ती जनाउनुपर्ने केही छैन भन्ने धारणाहरू राखिरहेका छन् । यस दृश्यलाई अति सामान्य मान्नेहरूको तर्क छ, रानी एलिजाबेथको नामका मदिराहरू पनि बिक्री हुने गरेका छन्, अझ बेलायत, अमेरिका जस्ता देशहरूका झण्डा संकेत गर्ने खालका संयोजनहरू त अन्डरवेयरहरूमै पाइन्छ । केवल हाम्रो अनावश्यक राष्ट्रवादले हामीलाई यस्ता सन्दर्भहरूमा उत्तेजित बनाइरहेको उनीहरूको तर्क छ र यस्ता घटनाहरू अति सामान्य हुन् भन्ने उनीहरूको धारणा छ ।

विश्वव्यापीकरणको यो परिवेशमा यस्ता खालका तुलनात्मक तर्कहरूलाई नजरअन्दाज गर्न अवश्य मिल्दैन तर यस्ता तर्कहरूले मात्रैपनी सबै परिस्थिति र सन्दर्भहरूलाई न्याय जरूर गर्न सक्दैन ।
स्वर्गीय राजा वीरेन्द्रलाई आदर र सम्मानले हेर्ने असंख्य नेपालीहरू छन् । उनको असामयिक निधनमा कपाल मुण्डन गर्नेहरूको संख्यानै धेरै थियो, किनकी नेपालका एक उदार, प्रजाप्रेमी  राजाको हैसियत बनाएका उनलाई सम्मान र श्रद्धाभावले हेर्ने नागरिकहरू धेरै थिए र आजपनी छन् । लामो समयसम्म नेपालको राजकीय सत्ता श्री ५ मा रहेकोले पनि राजा वीरेन्द्रको नेपाली जनताहरू माझ अभिभावकीय चिनारी रहदै आएको छ र निधनको डेढ दशक पछी पनि उनी नेपालीहरूको सम्झनामा छन्, धेरै घरहरूमा उनका मुस्कुराएका तस्वीरहरू आज पनि सम्मानका साथ टाँगिएका छन् ।नेपालको बहुमत जनसंख्या हिन्दु रहेको , र  हिन्दु परम्परा अनुरुप राजालाई भगवान विष्णुको अवतार मानिदै आइएकोले उनको अस्तित्व केवल राजामै मात्र सीमित छैन ।

वीरेन्द्र
Late King Birendra Family

यस्तोमा राजा वीरेन्द्रको त्यो पनि स्वर्गीय भइसकेपछिको अवस्थामा, तस्वीर र नाम मदिराको बोतलमा अंकित गरिनुलाई उनी प्रतिको अनादरको रूपमा आम मानिसहरूले लिइरहेका छन् जुन अस्वभाविक पनि होइन । किनकी स्वास्थ्यको दृष्टिकोणले पनि मदिरालाई राम्रो मानिदैन भने नेपालको सामाजिक परिवेशमा मदिरालाई त्यति सम्मानजनक दृष्टिले पनि हेरिदैन, यद्यपि केही समुदायहरूमा सगुनको रूपमा मदिराको पारम्परिक तथा सांस्कृतिक प्रयोगको चलन छ तर त्यो पनि आधुनिकताले नगाँजिसकेको हदसम्म घरमै बनाइएको मदिरालाई सगुनको रूपमा ग्रहण गर्ने चलन हो ।
यसरी व्यवसायिक प्रायोजनको लागि र त्यो पनि मदिराजन्य पदार्थमा राजा वीरेन्द्रको नाम र तस्वीर प्रयोग गरिनुलाई धेरैले पचाउनै सकिरहेका छन्, संभवत: उनको नाम र तस्वीरको प्रयोग कुनै कला या कुनै अन्य सम्मानित बस्तुहरूका लागि गरिएको भए विरोधको यो आवाज यति चर्को नहुन पनि सक्थ्यो ।

अर्को कुरा रानी एलिजाबेथको नामका मदिराजन्य पदार्थ देखि आफ्ना झण्डा संकेत गर्ने प्रीन्ट गरिएका अन्य मुलुकका अण्डरवेयर हरूको तर्क यस प्रसंगमा ल्याएर जोडिएको छ, जुन तार्किक जरूर छ तर यसले फरक फरक संस्कार, संस्कृति, चालचलन, परम्परा, आस्था अनि भावनाहरूलाई सोलोडोलो एउटै डोकोमा थुपार्ने काम गरेको छ । जुन त्रुटीपूर्ण छ । किनकि नेपालमा झण्डाको प्रयोग सम्बन्धि नीति नियम जे छ अन्य मुलुकमा त्यही हुन्छ भन्ने हुँदैन । अन्य मुलुकका नागरिकहरूको आस्थागत, भावनात्मक प्रवृत्ति जे छ हाम्रो देशका नागरिकहरूमा पनि त्यही छ भन्ने हुँदैन । विश्वका अरू देशकाले राजा मान्दै गर्दा राजालाई देवता मानेनन् तर नेपालमा देवताकै रूपमा मानिन्थ्यो । हो भूगोल र समुदाय पिच्छे थुप्रै भिन्नताहरू हुन्छन् र छन् ।
अन्य मुलुकका झण्डाको चित्र चप्पलमा छाप्नु वैधानिक होला, तर हाम्रोमा छैन । अन्य मुलुकका नागरिकहरूलाई त्यसले कुनै फरक नपार्ला तर नेपाली हरूलाई त्यसले जरूर फरक पार्छ किनकी नेपालीहरू देश प्रती भावनात्मक रूपमा बढी नै संवेदनशील छन् । हुनसक्छ केहीलाई यो नै गलत लाग्ला तर यतिखेरसम्म यथार्थ यहि छ र यो यथार्थको सम्मान हुनैपर्छ ।
पश्चिमीहरूले गणेशको तस्वीर चप्पलमा छाप्दा त्यसको विश्वभर विरोध भयो, एक कार्टुनिस्टले मोहम्मदको कार्टुन बनाउदा त्यसले ठूलै हङ्गामा सिर्जना गर्यो किनकी त्यसले धेरैको आस्था माथी चोट पुर्यायो, अब यसलाई पश्चिममा जिसस माथिको व्यंग्यलाई सजिलै पचाइन्छ भन्ने तर्क दिएर ती दुई विरोधलाई निरर्थक सावित गर्न खोज्नुको कुनै तुकनै हुँदैन ।

Birendra Beer
Birendra Beer

यी त हुन् आस्थागत तथा भावनात्मक पाटो, अब व्यवसायिक कोणबाट मात्रै हेर्दापनी कसैको हुबहु तस्वीर र नाम कुनै व्यापारिक प्रायोजनमा प्रयोग गरिनु अघि सम्बन्धित पक्ष संग अनुमति लिनैपर्ने हुन्छ । यहाँ राजा वीरेन्द्रको सन्दर्भमा अनुमतिको लागि उनी छैनन् किनकी उनको निधन भइसक्यो, के उनको निधन हुनु अघि राजाकै हैसियतमा रहदा उक्त कम्पनीलाई आफ्नो नाम र तस्वीर प्रयोगका लागि उनले अनुमती दिएका थिए होला त ? यदि दिएका थिए भने यसको बहसको पाटो करिब यहीँ नै अन्त्य हुनेछ । तर उनले अनुमती दिएका थिएनन् भने ?
के उक्त कम्पनीले शाह परिवार संग यो अनुमती लियो ? शाह परिवार संग अनुमती लिएकै हो भने पनि के यतिलेनै यो बहसमा विश्राम लगाउन सक्छ ?

के राजा वीरेन्द्र केवल शाह परिवारको एक सदस्य मात्रै थिए ?
राजा वीरेन्द्र केवल शाह परिवारका एक सदस्य मात्रै थिएनन्, यदि त्यसो हुन्थ्यो भने आज यो विवाद, विरोध र बहसनै जन्मदैनथ्यो । उनी एक राजा थिए, देशका राष्ट्रप्रमुख थिए, एक सार्वजनिक छविका व्यक्तित्व थिए, करोडौं नेपालीजनका आस्थाका एक पात्र थिए । उनी राष्ट्रिय व्यक्तित्व थिए ।
अब उनको नाम र तस्वीरको व्यापारिक प्रयोगलाई अति सामान्यिकरण गर्न मिल्छ ?

उनको निधन पछि उनको सम्पत्ति राष्ट्रियकरण गर्ने यो राज्यले उनलाई दिएको दर्जा के हो ? एक सामान्य नागरिक ? एक पारिवारिक संरचना भित्र संकुचित हैसियत हो राजा वीरेन्द्रको ? यदि त्यसो होइन भने उक्त मदिरा कम्पनीले यो देशका पूर्व राष्ट्रप्रमुखको तस्वीर र नाम प्रयोगमा ल्याउदा यो देशको सरकार संग अनुमति लिनुपर्छ कि पर्दैन ? के नेपाल सरकार बाट अनुमती लिएको होला त त्यो कम्पनीले ? र सरकारले अनुमती दिएकै भए कस्ता सम्झौतामा टेकेर दिइयोहोला ? के यो धेरैले सामान्य ठानेको जस्तै सामान्य विषय हो ?

निश्चियनै घरको ढोकामा बुद्धको मुर्ति कुद्दा त्यो विरोधको विषय नबन्न सक्छ तर त्यही मुर्ति उचित र सम्मानजनक स्थानमा नउभ्याइएर अन्तै उभ्याइयो भने विरोधको विषय बन्न सक्छ । कारको अगाडीको सिसामा गणेशको तस्वीर टाँस्दा त्यो सामान्य हुनसक्छ तर त्यही तस्वीर कारको पाङ्रामा कुद्दा विवाद जन्मन सक्छ । भगवान शिवको तस्वीर टिसर्टमा छाप्दा त्यो सामान्य रूपमा स्विकारयोग्य हुन सक्ला तर त्यही तस्वीर जुत्तामा छाप्दा सामान्य रहदैन नै । अझ मुस्लिम समुदायमा त झनै यस्ता प्रयोगहरू पूर्णत: प्रतिबन्धितनै छन् । त्यसर्थ कुनैपनि विषय माथी को बहस बस्तुनिष्ठ हुनु अति आवश्यक हुन्छ । राजा वीरेन्द्रको नाम र तस्वीर अंकित बीयर निश्चयनै अधिकांश नेपालीहरूको हकमा प्रीतिकर होइन  । यसलाई सम्बन्धित निकायले अविलम्ब ध्यान दिनु जरूरी छ ।

Loading...

(पुनश्च: पंक्तिकारले लेखमा भाषिक सहजताको लागि तिमी सुनिने संवोधन गरेतापनि, मौसुफ सरकारलाई गरिने संवोधन प्रति पंक्तिकार सचेत र प्रतिबद्ध छ । )

loading...

Facebook Comments

Loading...