संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा नेपाली रक्सी ‘नेवाः ऐला’

0
297
loading...

संसारकै उत्कृष्ट पेयपदार्थको सूचीमा नेपाली रक्सी ‘नेवाः ऐला’

काठमाडौं/अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो । नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’ । अर्थात्, रक्सी । उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि अचम्मको आनन्द दिन्छ ।’

loading...

उनका अनुसार ऐला बनाउनुअघि ‘जाँड’ कसरी बनाइन्छ भन्ने जान्न जरुरी छ । नेवार भाषामा ‘थ्वँ’ भनिने जाँड एक पाथीभन्दा कम चामलको बन्दैन। ताइचिन चामलको चिउराबाट पनि बनाउन सकिन्छ । सुरुआतमा चामललाई दुई घन्टाभन्दा बढी भिजाउनुपर्छ । त्यसपछि ‘फोँसी’ अर्थात्, कसौंडी आकारको तामाको भाँडामा पानी उमाल्नुपर्छ । अघि भिजाइरहेको चामलको पानी तर्काएर निकाल्दै पोटासीः (ममः पकाउनेजस्तै साना प्वाल भएको भाँडा) मा बाफ दिएर चलाउँदै हल्का पकाउनुपर्छ ।

पाक्न लागेपछि त्यसलाई निकाल्ने । यतिबेलासम्म भात आधा पाकेको हुन्छ । त्यसलाई चिसो पानीले भिजाउनुपर्छ ।यो भातलाई पानी उम्लिरहेको फोँसीमा फेरि पोटासीः माथि राखेर चलाउँदै पकाउनुपर्छ । यसो गर्दा भात पूरै पाक्छ र नरम हुन्छ ।‘यो भातलाई नेवारीमा ‘हाजा’ भनिन्छ । अर्थात्, बाफमा पकाएको भात,’ सोभिताले भनिन्, ‘हाजालाई केही बेर चिसो बनाउन फिँजाएर राख्नुपर्छ । अनि बल्ल जाँड बनाउने विधि सुरु हुन्छ ।’

यो भात (हाजा) मा मर्चा (जाँड बनाउन चाहिने सामग्री) लाई धूलो बनाएर सबैतिर पुग्ने गरी मोल्नुपर्छ । त्यसपछि कोँचा (जाँड राख्ने भाँडा) मा हाजा खन्याइन्छ । त्यसअघि कोँचालाई फोँसीमा उम्लिरहेको तातोपानीले बफ्याउँदा राम्रो हुन्छ । यसो गर्दा जाँड (थ्वँ) ढुसी परेर बिग्रने सम्भावना कम हुन्छ। कोँचामा जाँड बनाउन लपेस (पातले बनाएको भोज खाने भाँड) ले छोप्नुपर्छ । करिब चार दिन छोपेर राखेपछि जाँडको बासना बाहिरसम्मै आउँछ । त्यसलाई केही बेर खुल्लै छाडिदिनुपर्छ ।

यो प्रक्रियाबाट तयार भएकोलाई पोकः भनिन्छ । यसमा आवश्यकताअनुसार पानी राखेपछि ‘थ्वँ’ अर्थात् जाँड तयार हुन्छ । ‘पोकः बाट तीनपटकसम्म ‘थ्वँ’ निकाल्न सकिन्छ,’ सोभिताले भनिन्, ‘थ्वँ बनाएपछि बाँकी रहेको अवशेषलाई ‘कः’ भनिन्छ । त्यसैबाट रक्सी बनाइन्छ ।’ कःलाई सख्खर र पानीसँग फिटेर महिनादिन राख्नुपर्छ । सग्लो पानीजस्तो निस्कन्छ । बल्ल रक्सी बनाउने प्रक्रिया सुरु हुने सेतोपाटीको लागी अनुषा अधिकारीले लेखेकी छिन।

Loading...

‘रक्सी वाष्पीकरण प्रक्रियाबाट बन्छ । यो जति पुरानो भयो त्यति राम्रो मानिन्छ । नेवार सभ्यतामा रक्सीलाई सगुनका रूपमा लिइन्छ । जात्रा तथा चाडपर्वमा रक्सीको विशेष महत्व हुन्छ । चाडपर्वमा सगुनका रूपमा दिइन्छ । ‘चाडपर्वमा हामी धेरै प्रकारका खानेकुरा खान्छौं । यी प्रायः चिल्लो हुन्छ । जाँडरक्सीले चिल्लो काड्छ,’ उनले भनिन्, ‘जाडोमा शरीर न्यानो पनि बनाउँछ ।’

Facebook Comments

Loading...