नेपाल उपविजेता बन्दै यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा

0
492
महिला फुटबल टिमको खेल, महिला फुटबलको सेमिफाइनलमा

नेपाल उपविजेता बन्दै यु–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं। भुटानमा जारी दोस्रो यु–१५ साफ च्याम्पियनसिप महिला फुटबल खेलमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

loading...

सोमबार भएको समूह चरणको अन्तिम खेलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपालले मध्यान्तरअघि गोलका लागि राम्रो प्रयास गरे पनि सफल हुन सकेन । मध्यान्तरसम्म एक गोल खाएको नेपालले मध्यान्तरपछि दुई गोल खाएको थियो । जितसँगै बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जित हासिल गरेको थियो । अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्नेेछ ।

यो हारपछि नेपालको बंगलादेशसँग बदला लिने सपना चकनाचुर भएको छ । यसअघि, बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

Loading...

जारी प्रतियोगितामा अफगानिस्तान र माल्दिभ्सबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।

loading...

Facebook Comments

Loading...