नेप्लिज इन ओमन एप्स संचालनमा, के के छ विशेषता?

0
106
नेप्लिज इन ओमन
loading...

नेप्लिज इन ओमन एप्स संचालनमा, के के छ विशेषता?

काठमाडौँ। बैदेशिक रोजगारको शिलशिलामा ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ नेपाली राजदुताबास ओमनले ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

मोबाइल एप्समा नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्य त्यहाँको सरकारी निकाय, श्रम कानूनलगायतका विषयमा जानकारी पाउन सकिने नेपाली राजदूतावास ओमनले जनाएको छ ।

loading...

राजदूतावासले प्रदान गर्ने सेवालाई सरल एवं सहज बनाउन, कन्सुलर सेवालाई भविष्यमा अनलाइन प्रणालीबाट प्रदान गरी दूतावासका सेवा कागजविहीन बनाउने तथा नेपालका प्रमुख पर्यटकीय गन्तव्यसमेत सामेल गरी ओमानी नागरिकलाई नेपाल भ्रमणमा ल्याउने लक्ष्यका साथ मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो ।

नेपालको पर्यटन प्रवद्र्धन गर्दै नेपाल–ओमानबीचको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने लक्ष्य राखिएको दूतावासले जनाएको छ ।

Loading...

यही असोज १९ गते आयोजना गरिएको कार्यक्रममा राजदूत शर्मिला पराजुली, गैरआवासीय नेपाली सङ्घका सचिव डिबी क्षेत्री र ओमनमा कार्यरत नेपालीको सहभागिता रहेको दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

Loading...