थाइल्याण्डविरुद्ध नेपालको फराकिलो जित, सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

0
114

थाइल्याण्डविरुद्ध नेपालको फराकिलो जित, सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन

काठमान्डौ/ मलेसियामा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोटअन्तर्गत नेपाल शिर्ष स्थानमा उक्लिएको छ ।समूह ‘बी’को आजको खेलमा नेपालले थाइल्याण्डमाथि १ सय ४० रनको फराकिलो जित निकाले संगै नेपाल शिर्ष स्थानमा उक्लिएको हो ।

loading...

आजको जित संगै नेपालको यो लगातार तेस्रो जित हो। नेपालले यसअघि मलेसिया र म्यानमारविरुद्ध जित निकालेको थियो । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले उच्च प्रदर्शन गरेपछि तेस्रो जित निकालेको हो।

आइतबारको क्वालालम्पुस्थित बायुवास ओभलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले पुरै २० ओभर खेल्दा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।

loading...

नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरे । करणले १४ बलमा ४० रन बनाए । उनले नटआउट रहेर २ चौका र ४ छक्का पिटे ।

यस्तै शरद भेष्वाकारले ३४ तथा दिपेन्द्रसिंह ऐरीले ३० रनको योगदान गरे भने अनिल शाहले २५ रन बनाए ।

१ सय ७३ रनको चुनौती पाएको थाइल्याण्डले लक्ष्य पछ्याउने क्रममा आठ ओभर खेल्दा थाइल्याण्डको इनिङ धरापमा परेको थियो । नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले पाँच विकेट, करण केसी तीन र ललित राजभण्डारीले एक विकेट लिए ।

Loading...

१ सय ७३ रनको लक्ष्य पछ्याएको थाइलाण्डले ८.५ ओभर खेल्दा ९ विकेटको क्षतिमा १८ रनमात्र जोड्न सक्यो । पानी परेपछि रोकिएको खेलको निर्णय डीएल पद्धतिबाट भएको हो ।

Facebook Comments

Loading...