नेपाल थाइल्याण्डसंग ४–० ले पराजित

0
249
मैत्रिपूर्ण खेल ,नेपाल थाइल्याण्डसंग
loading...

नेपाल थाइल्याण्डसंग ४–० ले पराजित

इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारी गर्न थाइल्याण्डमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा पराजय बेहोरेको छ ।

थाम्मासत युनिभर्सिटी मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डको २३ वर्ष मुनिका फुटबल टोलीसंग ४–० ले पराजित भएको हो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल पुलिस टेरो क्लबसंग १–० ले पराजित भएको थियो ।

यो खेलसंगै नेपाली टोलीले थाइल्याण्डको प्रशिक्षण सकेको छ । अब एसियन गेम्स खेल्ने २३ वर्ष मुनिका नेपाली टोली त्यहीबाट इन्डोनेसिया जाने छन् । एन्फाले साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई थाइल्याण्ड अभ्यासमा पठाएको हो ।

एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

नेपालले एसियन गेम्सको पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।

Loading...

यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

loading...

Facebook Comments

Loading...