नेपाली क्रीकेट समर्थक समाज कास्कीको संयोजकमा पुनः निर्मल क्षेत्री

0
187
नेपाली क्रीकेट समर्थक समाज कास्कीको
loading...

नेपाली क्रीकेट समर्थक समाज कास्कीको संयोजकमा पुनः निर्मल क्षेत्री

११ असोज, २०७५, पोखरा- नेपाली क्रीकेट समर्थक समाज कास्कीको नया कार्यसमिती बनेको छ। देश विदेशमा नेपाली क्रीकेट र क्रिकेटरहरुलाइ गर्ने समर्थन र सहयोगले गर्दा नेपाली खेलकुद जगतमा आफ्नो छाप छोड्न सफल एन सि एस एस को कास्की शाखाले आफ्नो एक वर्षे कार्यकाल सकेर अहिले नया समिती बनाएको हो।

एक वर्षे कार्यकालमा कास्की जिल्लाभित्र हुने क्रीकेट गतिविधिहरुलाइ समाजिक सन्जाल मार्फत स्कोर अपडेट गर्दै देश-विदेशमा छरिएका क्रीकेट प्रेमीहरु बिच पुर्याउँदै अाएको छ ।  छनौट खेल र क्रीकेट क्याम्पहरुमा समेत भोलेन्टिएरिङ गरी खेलालाइ थप सहज बनाउने काममा NCSS कास्की लागि परेको समाजले जनाएको छ ।

NCSS कास्की
loading...
नदिपुर क्रिकेट मैदान जोगाउन ज्ञापन पत्र बुझाउँदै NCSS का पवन लम्साल

गण्डकी प्रदेशको शन करण केसी जन्माउने मुख्य भुमीका खेलेको क्रिकेट मैदान त्यही प्रदेश सभाले ओगटेको बेला  क्रीकेट मैदान जोगाउन दबाब मुलक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त मैदान जोगाउन सफल भएकाले एन सि एस एस कास्कीको पहिलो कार्यसमितीलाइ निकै सफल मान्नुपर्ने धारणा सहित सबै सदस्यहरुलाइ धन्यवाद दिदै कास्की जिल्लामा बसोवास गर्ने एन सि एस एस सदस्यहरुबाट नया कार्यसमिती चयन गरिएको हो।

समितिको संयोजकमा निर्मल क्षेत्री (पि सि) पुनः चुनिएका छन भने, उप संयोजकमा पनि पवन लम्साल र बलराम तिमल्सिना पुनः एक कार्यकालका लागि चुनिएका छन। त्यस्तै कृषन बराल,सन्दीप अधिकारी,विष्णु प्रसाद शर्मा, विराट दवाडी,कुशल लम्साल र सुन्दर रानाभाट कार्यसमिती सदस्यमा निर्विरोध चुनिएका छन।

Loading...

यस्तै समितीले आफ्नो सल्लाहकार समितीमा क्यान कास्कीका कोषाध्यक्ष चन्द्र बहादुर गुरुङ (जिम्मी), पुर्व राष्ट्रिय खेलाडी दीपेश खत्री र सामाजसेवी कृष्ण बराललाइ चुनेको छ।

Facebook Comments

Loading...