तेजेन्द्र र शिवानी बने ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८’

0
127
नोबेल मिस्टर एण्ड मिस थारु
loading...

तेजेन्द्र र शिवानी बने ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८’

बिराटनगर / नोबेल शिक्षण अस्पतालको प्रायोजनमा सञ्चालित १ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् ।

बिराटनगरमा भएको फाईनलमा पूर्वका १ सय १८ प्रतिष्प्रधिलाई पछि पार्दै बिराटनगर–८ स्थित मधुमारा बुद्धचौककी सिवानी र बिराटनगर–३ पिपलचौकका तेजेन्द्रले प्रदेश स्तरीय थारु आईकनको उपाधि जितेका हुन् । त्यस्तै उदयपुरको गाईघाटका सृजना चौधरी मिस फस्ट रनरअप र बिराटनगर कञ्चनवारीका सिजन चौधरी मिस्टर फष्ट रनरअप घोषित भए । त्यस्तैगरी इटहरीकी अंकिता चौधरी मिस सेकेण्ड रनरअप र सुनसरी बरजुका सुवास चौधरी मिस्टर सेकेण्ड रनरअप बनेका छन् ।

loading...

कार्यक्रममा पूर्व मिस नेपाल माल्विका सुब्बाले सिवानीलाई मिस थारु आईकनको ताल पहिराईदिएकी थिईन् । मिस्टर र मिस थारु आईकन दुवैलाई नोबेल शिक्षण अस्पतालको तर्फबाट प्रवन्ध निर्देशक इन्दिरा शर्माले ५०÷५० हजारको चेक प्रदान गरिन् ।

नोबेल शिक्षण अस्पतालको तर्फबाट फस्ट रनरअपलाई ३० र सेकेण्ड रनरअपलाई २० हजारका दरले जनही पुरस्कार प्रदान गरिएको छ । फाईनलमा माल्विका सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायकको भूमिकामा थिए ।

Loading...

थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्धेश्यले थारु कला केन्द्रले आयोजना गरेको थारु आईकन करिव दुई महिनासम्म चलेको थियो ।

Facebook Comments

Loading...