चलचित्र प्रसादको ‘बनकी चरी’ बोलको दोश्रो गित सार्वजनिक

0
175

चलचित्र प्रसादको ‘बनकी चरी’ बोलको दोश्रो गित सार्वजनिक

नायकद्वय विपिन कार्की तथा निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘प्रसाद’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘बनकी चरी’बोलको सो गीत आइतबार युट्युबमार्फत् सार्वजनिक भएको हो ।

loading...

सार्वजनिक गीतमा मुख्य कलाकार विपिन कार्की गाउँदै गरेको र निश्चल बस्नेतलाई नाच्दै गरेको देख्न सकिन्छ । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि.पाण्डेले संगीत छ ।

loading...

आउँदो मंसिर २१ बाट देशव्यापी प्रदर्शनमा आउने यस चलचित्रमा विपिन र निश्चलका अलाबा नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ । चलचित्रमा विपिन र नम्रतालाई दर्जी दम्पतीको भूमिकामा देखाइएको छ ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने सुवास थापाले निर्माण गरेका छन् । चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

Loading...

Facebook Comments

Loading...