चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पद धरापमा

0
101
चलचित्र विकास बोर्ड

चलचित्र विकास बोर्ड की अध्यक्ष निकिता पौडेलको पद धरापमा

चलचित्र विकास बोर्ड की अध्यक्ष निकिता पौडेलको पद धरापमा परेको छ। ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुत्तिः खारेज गर्ने निर्णय गरेसँगै पौडेलको पद धरापमा परेको हो।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले गरेका नियुक्ति निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै खारेज गर्ने निर्णय गरेको हो।

वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक नियुक्ति गरेको थियो। यसरी नियुक्ति गरिएका क्षेत्रहरुमा संस्थान, प्रतिष्ठानदेखि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओसम्म परेका छन्।

चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेल गोपीकृष्ण हलका संचालक तथा राप्रपाका नेता उद्धव पौडेलकी छोरी हुन्।

सरकारको यो निर्णयसंगै अध्यक्ष निकिता पौडेलको बक्स अफिस कार्यान्वयन गर्ने अभियान अन्यौलमा परेको छ। विकास बोर्डले अनिवार्य बक्सअफिस कार्यान्वयन गर्नका लागि काठमाडौँका सबै हलहरुलाई दिइएको समय सकिन अब ११ दिन मात्रै बाँकी रहेको छ।

Facebook Comments

Loading...