मोबाइल पड्किदा विराटनगरमा एक बालकको मृत्यु, बालिका घाइते

0
माेबाइल,मोबाइल पड्किदा
Advertisement

मोबाइल पड्किदा विराटनगरमा एक बालकको मृत्यु, बालिका घाइते

विराटनगर। मोबाइलको ब्याट्री पड्किदा विराटनगर–१५ रामजानकी टोलमा ७ वर्षीय बालकको मृत्यु भएको छ। त्यस्तै एक बालीका घाइते भएकी छिन।

Loading...

विष्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा अमित मण्डल रहेका छन् भने स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको प्रहरीले जनाएको छ। घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्केको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। बम विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments

Loading...