मिस्टर एण्ड मिस थारू आईकनका उत्कृष्ट एकलाई निःशुल्क स्टाफ नर्स पढाइने

0
106
loading...

मिस्टर एण्ड मिस थारू आईकनका उत्कृष्ट एकलाई निःशुल्क स्टाफ नर्स पढाइने

विराटनगर/ नोबेल टिचिङ्ग हस्पिटलका प्रमुख सुनिल शर्माले मिस्टर एण्ड मिस थारू आईकनका उत्कृष्ट एकजनालाई निःशुल्क स्टाफ नर्स पढाउने घोषणा गरेका छन् । प्रदेश १ स्तरीय मिस्टर एण्ड मिस थारु आईकनको ट्यालेन्ट राउन्डमा आफ्नो धारणा राख्दै प्रमुख अतिथिसमेत रहेका शर्माले सो घोषणा गरेका हुन् ।

loading...

शर्माले स्टाफ नर्स अध्ययनका लागि ६ लाखसम्म खर्च हुने बताउँदै यस प्रतियोगिताबाट उत्कृष्ट एक जनालाई निःशुल्क पढाउने बताए । उनले भने, ‘स्टाफ नर्सका लागि जति नै खर्च लागे पनि थारु आईकनमा उत्कृष्ट एक जनालाई सो अध्ययनको व्यवस्था गराउने छौँ ।’

प्रतियोगितामा प्रतियोगीहरुको विभिन्न चरणको तालिम दिँदै शनिबार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाउदै नृत्य, गायन, विषय वस्तुमा बोल्ने, मूर्ति बनाउने कलाहरु प्रस्तुत गर्दै ट्यालेन्ट राउन्ड पार गरेका थिए । सुनसरी, मोरङ, झापा र उदयपुरबाट आएको प्रतियोगीहरुलाई ट्यालेन्ट राउन्डमा डा. मनोज राउत, नृत्य निर्देशक राजनारायण चौधरी, गायक तथा संगीतकार नीतिन गजुरेलले निर्णायक भूमिका बहन गरेका थिए ।

आफ्नोे नेतृत्व क्षमता अभिवृद्धि गर्दै कला संस्कृतिहरुलाई संरक्षण गर्ने आईकन प्रतियोगीता सञ्चालन गरेर थारु कलाकेन्द्रले थारु युवा युवतीहरुलाई स्थान राम्रो दिएको थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सीता थरुनीले बताईन् ।

सोही कार्यक्रममा रामधुनी वडा नं. २ सिवनगरका अनिश चौधरीले फरक प्रतिभा प्रस्तुत गरेका थिए । आफ्नो कला प्रस्तुत गर्दै उनले मूर्तिको टाउकोको भाग २० मिनेटमा बनाएर देखाएका थिए ।

Loading...

यस प्रतियोगिताको फाइनल असोज २७ गते विराटनगरमा हुने थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।

Facebook Comments

Loading...