मिस तनहुँ २०१८ को उपाधी रोविना आलेलाई

0
107
मिस तनहुँ

मिस तनहुँ २०१८ को उपाधी रोविना आलेलाई

मिस तनहुँ २०१८ को उपाधी रोविना आलेले चुमेकी छन् । डाँफ मल्टिमिडियोले सञ्चालन गरेको मिस तनहुँ २०१८ को प्रतियोगितामा १० जना युवतीहरुलाई पछाडि पार्दै रोविनाले उपाधी आफ्नो कब्जामा पार्न सफल भएकी हुन् ।

तनहुँको म्याग्दे गाउँपालिका स्थित गुणादीकी रोविनाले मिस तनहुँको ताजसंगै एक स्कुटर समेत हातपार्न सफल भएकी छन् ।

त्यस्तै, उक्त प्रतियोगितामा फस्ट रनर अपको उपाधी अनिता अधिकारीले र सेकेन्ड रनर अपको उपाधी तपस्या शाहले जितेका छन् । मिस तनहुँ २०१८ को घोषणा २०१५ की मिस नेपाल इभाना मानन्धरले गरेकी थिइन् ।

Facebook Comments

Loading...