मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो देशलाइ अर्ब भन्दा बढी घाटा

0
244
मेलम्ची

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो देशलाइ अर्ब भन्दा बढी घाटा

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ ।

आयोजनाले ठेकेदारको म्याद थप्ने मात्र होइन, उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ । भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ ।

चलखेलमा नेपालका अधिकारी देखी एडिबि सम्मको मिलेमतो

आयोजनाको सम्झौता हुँदा मेलम्ची आयोजनाको ३५ हजार क्युविक मिटर ओपन कट गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, भूकम्पका कारण अम्बाथानमा सम्झौताभन्दा बढी ओपन कट गर्नु परेकाले पनि यो रकम पाउनु पर्ने उसको माग छ ।

तर, आयोजनाको डिजाइन, सुपरीवेक्षण र भुक्तानीका लागि सिफारिस गर्ने परामर्शदाता कम्पनी इप्टिसाले २८ करोड लागत बढेको सिफारिस गरेको थियो । साथै ५४० दिन नभई मात्र ८० दिन थप सिमय दिन सिफारिस गर्‍यो ।

परामर्शदाताको सुझाव अनुसार सरकारले भुक्तानीसँगै ४० दिन समय पनि दिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले बताए । तर, जेठ १४ को यो समय गुज्रिएपनि काम सकिएको छैन ।

बरू ठेकेदार कम्पनीले नेपाल सरकारको क्षतिपूर्ति चित्तबुझ्दो नभएको भन्दै एडीबीमा उजुरी गरेपछि शुक्रबार सुनुवाई हुँदैछ । सुनुवाइका क्रममा परामर्शदाता कम्पनीले दिने प्राविधिक प्रमाणलाई नै आधार मानिन्छ ।

तर, सुनुवाइको पूर्वसंध्यामा परामर्शदाता कम्पनीले नेपाल प्रमुख थोमस बर्डरिकलाई नै बर्खास्त गरेपछि आशंका बढेको छ । प्रधुम्न लाल प्रधानलाई कार्यबाहकको जिम्मेवारीको पत्र दिइएको जानकारी इप्टिसाले मन्त्रालयलाई दिएको छ ।

थोमसले नेपालले ठेकेदार कम्पनीलाई १ अर्ब ६५ करोड क्षतिपूर्ति दिन नपर्ने प्राविधिक रिपोर्ट पेश गरेका थिए ।

ठेकेदार कम्पनीले काम नगरी अनावश्यक क्षतिपूर्ति मागेको रिपोर्ट दिएपछि उनी बर्खास्तीमा परेका हुन् । ‘इञ्जिनियर थोमसले वास्तविक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । भूकम्पका कारण २८ करोड लागत बढेको र ८० दिन समय थप्नुपर्ने प्रस्ताव गरेकै कारण उहाँलाई हटाइएको छ’ सचिव बिसीले भने, ‘सुनुवाइको मूखैमा आएर बिना कारण थोमसलाई हटाउनु मुद्दा प्रभावित गर्ने चलखेल हो ।’

पहिलेका समाचारहरू

मेलम्ची खानेपानी आयोजनाको समयसँगै लागत बढ्ने संकेत

Facebook Comments

Loading...