मरभुमिको मजदुर

0
68
मरभुमिको मजदुर

मरभुमिको मजदुर

मरभुमिको मजदुर- फ्रिडम प्रिन्स

यो पसिनाले मरभुमिको बालुवा
आँसु सङै झरे दुइथोपा तपक्क

निर्दयी निस्ठुर  बाफिलो हावा
क्षणमै ढलायो मजदुरलाइ ढपक्क ।।

बग्छ थोपा थोपा मजदुरको रगत
लालिमा रमाउछ मरभुमि लपक्क ।।

टुटे सपना गयो प्राण पखेरु उडि
पारिन्छ पोको बाकसमा सपक्क ।।

शयर गर्दै हावामा पुग्छ मातृभुमी
चढाइन्छ उसलाइ सोलामा थपक्क ।।

झारिन्छ दयाका देखावटी आँसु
फर्कन्छन सबै भन्दै साझ भो झपक्क ।।

कठै नभनी पानीले पनि
बगाउदै लग्यो चिताको खरानी।।

बिलिन भयो जगतबाट
निर्दोष सोझो मजदुर प्राणी ।।

गाउदै थिए मजदुरको जिबनी
नपरोस फेरि फेरि गाउन मलाइ
पिडा मार्मिक दुखका कहानी ।

मरभुमिको मजदुरको कहानी!!!

 

Facebook Comments