मलेसिया र नेपाल सरकारबीच नेपाली श्रमिक आपूर्तिका लागि कार्तिकमा समझदारी हुँदै

0
189
नेपाली दूतावास, नेपाली श्रमिक आपूर्तिका

मलेसिया र नेपाल सरकारबीच नेपाली श्रमिक आपूर्तिका लागि कार्तिकमा समझदारी हुँदै

मलेसियाका मानव संसाधन मन्त्री एम कुलेसागरन आउँदो कात्तिक ११ गते नेपाल आउने भएका छन् । नेपाल र मलेसियाबीच हुने कात्तिक १२ गते कामदार लैजानेबारे समझदारीपत्र एमओयूमा हस्ताक्षरका लागि उनी काठमाडौं आउने भएका हुन् ।

नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले आइतबार एनआरएएनएका पदाधिकारीहरुसँगको छलफलमा जानकारी दिएका हुन् ।

कात्तिक १२ गतेपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्ने भएको छ । एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो । विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ ।

loading...

समझदारी हस्ताक्षर भएपछि मलेसिया जाने नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले ब्याहोर्नु पर्ने छ । यसअघि स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया मलेसिया जाने नेपाली कामदारले व्यहोर्दै आएको थियो । अब सम्झौता भएपछि बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ । यस्तै कामदारले सरकारबाट मान्यताप्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्नेछन् ।

यद्यपि, नेपाली कामदार पठाउने म्यानपावरले सेवा शुल्कवापत कामदारको आधा महिनाको तलब बराबरको पैसा पाउने छन् । तर त्यो पैसा रोजगारदाताले नै तिर्नु पर्नेछ ।

Loading...

मलेसिया पुगेर श्रमको एमओयूको मस्यौदामा सहमति जुटाएर फर्किएका एक सरकारी अधिकारीका अनुसार यो समझदारी लागू भएपछि नेपाली कामदारको करिब एक लाख रुपैयाँ बच्ने छ ।

loading...

Facebook Comments

Loading...