‘लाहुरे र्याप’मा नामक फिल्म खेल्दै आशिष राना ‘लाहुरे’

0
151
लाहुरे र्याप
loading...

‘लाहुरे र्याप’मा नामक फिल्म खेल्दै आशिष राना ‘लाहुरे’

काठमाडौं /र्याप ब्याटलबाट गीत र फिल्म हुँदै रियालिटी शो गरेका नेपाली चर्चित र्यापर आशिष राना ‘लाहुरे’ अब अर्को फिल्म गर्ने भएका छन् । यसअघि उनले नेपाली चलचित्र ‘ताण्डव’मा अभिनय गरिसकेका छन् भने हाल रियालिटी शो ‘रोडिज’ मा व्यस्त छन् ।

अब उनी अर्को चलचित्र ‘लाहुरे र्याप’मा देखिने भएका हुन् । उनको मुख्य भुमिकामा बन्न लागेको सो फिल्ममा उनीसँगै सोनाम पाख्रिन पनि देखिन भएका छन् । यद्यपि, चलचित्रका अन्य कलाकार भने फाइनल गर्न बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

यस चलचित्रको निर्देशन पासाङ योञ्जनले गर्दैछन् । जसले सयौं म्युजिक भिडियोमा आफ्नो निर्देशकीय अनुभव संगालेपनि फिल्ममा भने पहिलोपटक निर्देशन गर्दैछन् । यस्तै फिल्ममा हरि हुमागाईंको छायांकन रहने छ भने दावा शेर्पाले निर्माण गर्न लागेका हुन् ।

Loading...

निर्माण पक्षका अनुसार अहिले स्क्रिप्टको काम भइहेको छ । माघमा फिल्मको आधिकारिक घोषणा गर्ने र फागुनबाट फ्लोरमा जाने निर्माण टिमको योजना रहेको छ ।

loading...

Facebook Comments

Loading...