डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने

0
सत्याग्रह इलाममा,माइतीघरमा प्रदर्शन, केसी अस्पतालमा
Advertisement

डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने

चिकित्साशिक्षा अभियन्ता डा. गोबिन्द केसी को १६ औ  अनसनलाई समर्थन गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ । १५औँ अनशनका क्रममा सरकारले गरेको सहमतिअनुसार नै चिकित्साशिक्षा विधेयक पारित गर्नुपर्ने प्रमुख मागसहित इलाममा अनशनरत डा. केसीको समर्थनमा शनिबार प्रदर्शन हुने भएको हो ।

Loading...

डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए । अभियानले प्लेकार्ड, ब्यानरसहित ऐक्यबद्धतामा सरिक हुन सबैमा आह्वान गरेको छ । अनशनको दोस्रो दिन बिहीबार इलाममा समेत स्थानीयले ऐक्यबद्धता र्याली गरेका थिए ।

आफूसँग सरकारले गरेको सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन बुधबार पारित भएपछि डा. केसीले बुधबारै अपराह्न १६औँ सत्याग्रह सुरु गरेका थिए ।

Facebook Comments

Loading...