भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

0
कादर खानको
Advertisement

भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

भारत/ भारतीय चलचित्र अभिनेता कादर खानको निधन भएको छ । ८१ बर्षिय खानको उपचारका क्रममा क्यानडाको एक अस्पतालमा निधन भएको हो । छोरा सरफराज खानले उनको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । उनी १६ दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

केहीदिनअघि नै खानको मृत्युको समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तर खान परिवारले ति समाचार झुटा भएको बताएको थियो । कादर खानको निधनप्रति भारतीय चलचित्र उद्योग ‘बलिउड’का कलाकारहरुले दुःख ब्यक्त गर्दै एक महान कलाकार गुमाएको प्रतिक्रिया दिएका छन् ।

Loading...

कादर खान चर्चित अभिनेताका साथै पटकथा तथा सम्वाद लेखक समेत थिए । सन १९८० र ९० को दशकमा गोविन्दा र अनिल कपुरसँग खानले थुप्रै चलचित्रमा अभिनय गरेका थिए । खानले तीन सयभन्दा धेरै भारतीय चलचित्रमा अभिनय गरेका छन् । उनले सन १९७३ मा दाग चलचित्रवाट अभिनय यात्रा शुरु गरेका थिए ।

Facebook Comments

Loading...