पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशतले वृद्धि !

0
126
पत्रकारको न्यूनतम पारिश्रमिकमा

पत्रकारको न्यूनतम पारिश्रमिकमा २५ प्रतिशतले वृद्धि !

काठमाडौ/ पत्रकारको न्यूनतम् पारिश्रमिकमा २५ प्रतिशतले वृद्धि भएको छ । आज (आइतबार) सिंहदरबारको बसेको मन्त्रीपरिषद्को बैठकले पत्रकारहरुको न्यनूतम् पारिश्रमिकमा २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो ।

loading...

सो बैठकले कात्तिकमा लागू हुनेगरी सो निर्णय गरेको बताइएको छ । यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने भएको छ ।

यस्तै मन्त्रिपरिषद्को सो बैठकले उँखु किसान र चिनीको समस्या समाधान गर्न ७ सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ भने गोरखापत्र संस्थानको अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Loading...

यसैगरी नागरिक लगानीकोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्ती गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।

loading...

Facebook Comments

Loading...