फूलपातीको अवसर पारेर चलचित्र ‘जय भोले’ देशैभर प्रदर्शन हुँदै (भिडियो सहित)

0
194

फूलपातीको अवसर पारेर चलचित्र ‘जय भोले’ देशैभर प्रदर्शन हुँदै (भिडियो सहित)

फूलपातीको अवसर पार्दै बहुप्रतिक्षित नेपाली चलचित्र ‘जय भोले’ आजबाट प्रदर्शन हुँदैछ । १२ वर्षपछि नेपाली चलचित्र निर्देशनमा फर्किएका अशोक शर्माले यस फिल्ममार्फत् दर्शकसँग फेरि भेट गर्दैछन् ।

विभिन्न स्टार कलाकारको अभिनय रहेको कारण पनि यस फिल्मको व्यग्र प्रतिक्षा छ । नेपाली सिनेनगरीमा भर्सटायल एक्टर मानिने नायक खगेन्द्र लामिछाने र सौगात मल्लका कारण यस फिल्म निकै नै रुचाइनेमा निर्देशक शर्मा विश्वस्त छन् । उनै नायक खगेन्द्रल यस फिल्मको कथा लेखेका हुन् भने उनी नै प्रमुख भूमिकामा छन् ।

loading...

चलचित्रमा स्वस्तिमा, खगेन्द्र, सौगात र सलोनबाहेक बुद्धि तामाङ, लक्ष्मि गिरी, राजाराम पौडेल, बसुन्धरा भूषाल, सुरबीर पण्डित आदिको मुख्य भूमिका रहेको छ ।

किरण शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको यस फिल्मलाई पुरुषोत्तम प्रधानले चलचित्र खिचेका हुन् । ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ ।

Loading...

loading...

Facebook Comments

Loading...