जापानमा विश्वकै सबैभन्दा अग्लो काठेभवन बन्ने, २३ वर्षमा निर्माण पूरा हुने !

0
162

जापानमा विश्वकै सबैभन्दा अग्लो काठेभवन बन्ने, २३ वर्षमा निर्माण पूरा हुने !

एजेन्सी/ विकास र प्रविधिमा निकै अघि रहेको जापानले अर्को नमूना कार्य गर्ने भएको छ । उसले विश्वकै सबैभन्दा अग्लो काठको भवन बनाउने भएको छ । ‘सहरलाई वनमा रूपान्तरण गरौं’ भन्ने अभियान अन्तर्गत जापानको राजधानी टोकियोमा यस्तो अनौठो त्यहाँको सरकारले बनाउन लगेको हो ।

loading...

बताइएअनुसार उक्त भवन १ हजार १ सय ४८ फिट अग्लो हुने छ । जापान सरकारले यसलाई सन् २०४१ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिएको छ ।

निकै महत्त्वकांक्षी यो भवन ३ सय ५० मिटर अग्लो हुनेछ । यसको कार्य योजना जापानी आर्किटेक्टहरूले हालसालै सार्वजनिक गरेका हुन् । बताइएअनुासर यो अग्लो काठे भवनमा पसल, आवास, कार्यालय र होटल हुनेछ । यस्तो अनौठो भवन जापानको राजधानी टोकियोको केन्द्रीय भागमा बनाइनेछ ।

loading...

यस्तो अनौठो भवन बनाउन ५.९ अर्ब अमेरिकी डलर खर्च लाग्ने छ । यस्तो ठूलो र नमूना आयोजनाबाट टोकियोलाई वातावरणमैत्री सहर बनाउन सहयोग पुग्ने सरकारी अधिकारीले अपेक्षा लिएका छन् ।

यो भवन भुइँतलामाथि ७० तला हुनेछन् । यो भवनको निर्माण काठ र स्टिलको संयोजनबाट गरिँदैछ । योजनाअनुासर उक्त काठेभवन बनाउन कूल ६५ लाख घन फिटभन्दा बढी काठ चाहिनेछ ।

Loading...

यसअघि बनेको सबैभन्दा अग्लो काठेभवन क्यानाडामा छ । त्यहाँको भानकउरस्थित युनिर्भसटीमा स्थापित ब्रक कमन टालउड हाउस अहिलेसम्मको सबैभन्दा ठूलो काठे भवन हो । यो ५३ मिटर अग्लो छ ।

Facebook Comments

Loading...