डा. केसीको समर्थनमा इलाममा र्‍याली

0
इलाममा र्‍याली
Advertisement

डा. केसीको समर्थनमा इलाममा र्‍याली

काठमाडौं। संसदको शिक्षा समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने मुख्य माग राख्दै इलाम सदरमुकाममा अनसन बसेका डा. गोविन्द केसीको समर्थन गर्दै आज दिउँसो इलाममा एक र्‍याली निकालिएको छ ।

बुधबार संसदबाट पारित विधेयक संशोधनको माग गर्दै अनसन बसेका डा. केसीको समर्थनमा इलामकी महिला समाजसेवी विष्णुकुमारी लिम्बू दहालको अगुवाईमा र्‍याली निकालिएको हो । र्‍यालीले केसीको समर्थनमा लेखिएका प्लेकार्ड बोकेर इलाम बजार परिक्रमा गरेको छ ।

र्‍याली मा इलाममा सामाजिक काममा अगुवाई गर्नेसहित स्थानीय सय जना जति महिलाहरुको सहभागिता रहेको थियो । र्‍यालीपछि इलाम चोक बजारमा सम्पन्न कोण सभामा इलामको महिला जागरण संघ नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी विष्णुकुमारीले संवोधन गर्दै डा. गोविन्द केसीका माग जायज भएको, जनताको पक्षमा रहेको, इलाममा मेडिकल कलेज खोल्ने कुराले इलामेलीलाई आशा जगाएको कारण केसीको समर्थनमा आफूहरु एकजुट भएको उल्लेख गरेकी छन् ।

Loading...

Facebook Comments

Loading...