भद्दा मोटो शरीर छाडेर तपाईँलाई स्लिम हुन मन छ ? अपनाउनुुस यि तरीका

0
326
loading...

भद्दा मोटो शरीर छाडेर तपाईँलाई स्लिम हुन मन छ ? अपनाउनुस यि तरीका

भद्दा मोटो शरीर छाडेर तपाईँलाई स्लिम हुन मन छ ? आखिर स्लिम, चुस्त दुरूस्त बन्ने इच्छा कसलाई हुँदैन र ? तर इच्छा हुदाँमात्रै पनि कहाँ स्लिम बन्न सकिन्छ र ?

हामीले खाने खानामा प्रशस्त क्यालोरीको मात्रा बढी हुने गर्दछ । जसबाट हामीले अत्याधिक मात्रामा क्यालोरी प्राप्त गर्ने गर्दछौ । यदि हामी स्लिम बन्ने हो भने कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ ।

स्लिम बन्ने बहानामा भोकै बस्ने, शरीरलेनै नधान्ने काम पनि गर्नु हुँदैन । स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । तल दिइएको केही कुरामा ध्यान दिए शरीर फिट राख्न मद्दत पुग्छ ।

१. बिस्तारै–बिस्तारै खाने
स्वाद लिएर बिस्तारै–बिस्तारै मजासँग चपाएर खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । खाना पचाउन पनि सजीलो हुन्छ तर छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

२.  शाकाहारी खाना खाने
मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् सँगै तौल र अनावश्यक बोसो बढ्दैन ।

३. निद्रा पुयाउने
केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ । तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तपाईंको तौल बढ्न सक्छ ।

४. थोरै खाने तर बेला बेलामा खाइरहने
तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन । सँगै छिन छिनमा तपाइको मेटाबोलिज्मले काम गरिरहन्छ । खाएको खाना शरिरमा बोसो बनेर बस्न पाउँदैन त्यसरी जम्मा हुने उर्जा भरखरै खाएको खाना पचाउनका लागि लाग्छ ।

५. बाहिर नखाने
बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । घरको खाना ताजा र स्वास्थ्यवर्धक  हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

६. अल्कोहलबाट टाढै बस्ने
फिट रहन चाहनुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला । रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ । रक्सी सँगैको अनियन्त्रीत शितन र भोकले झन बढी तौल बढाउँछ ।

मोटोपना

७. सही मात्रामा पोषिलो खाना खाने
खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । कम खाना खाँदा त्यसको असर शरीरलाइ बढी पर्छ । त्यसैले सानो प्लेट या थालमा थोरै तर  पोषिलो खाना खानु राम्रो हुन्छ ।

८. स–साना काम गर्ने
शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फूलबारीमा गोडमेल, भान्साको काम आदि पनि राम्रा शारीरिक अभ्यास हुन् । साथै पारीवारिक सम्बन्धलाइ पनि मजबुत बनाउँछ ।

मोटोपना घटाउने वा तौललाई नियन्त्रण गर्ने सजिलो उपायहरू

Loading...

loading...

Facebook Comments

Loading...