नेपाली बजारमा भित्रिए अनर कम्पनीका नयाँ स्मार्टफोन

0
नेपाली बजारमा
Advertisement

नेपाली बजारमा भित्रिए अनर कम्पनीका नयाँ स्मार्टफोन

काठमाडौं । चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीे अनरले आफ्ना नयाँ स्माटफोन सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक समारोहका बीच टेलिकमले कम्पनीका चारवटा मोडलमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

नेपालका लागि उक्त स्मार्टफोनको आधिकारीक बिक्रेता क्रातोस टेक्नोलोजी प्रा.ली रहेको कम्पनीले जनाएको छ । अनरको स्मार्टफोन प्रयोगकर्तालाई चलाउन सहज हुने भएकाले यसले डिजिटलको मागहरु पनि सम्बोधन गर्ने बताईएको छ । अनरले आफ्ना कामहरु भिन्न तरीकाले गर्ने भएकाले फोनको विषेशताले आफ्ना ग्राहकहरुको खोज र आवश्यता परिपूर्ती गर्ने भएको हो । जसका कारण नवीनतम प्रविधिमा लगेर यसले आफुलाई अन्यको भिडमा अलग्गै स्थानमा राख्न सफल भएको छ ।

डिजटल युगको आवश्यता बमोजिमको अनर मूल्य र कार्य दक्ष्यता दुवैको अनुपातमा सटिक रुपमा बनेको बताईको छ । क्रातोस टेक्नोलोजीले अनर बाण्डका अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ वटा मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सबै मोडलहरु नयाँ वर्षसंगै उपभोत्ताहरु समक्ष उपलब्ध गराईएको हो ।

अनरले यसको मुल्य डिजाईन र कार्य दक्ष्यबीचको सन्तुलनका साथ नयाँ अध्याय कायम गरिरहेकाे छ । अनरले आफ्ना ग्राहकहरुको आवश्यतालाई पुरा गर्न मात्र गर्ने नभएर यसले स्मार्ट फोनकोप्रविधिमा एक नयाँ आयामको समेत प्रतिनिधित्व गरेको बताईएको छ ।

Loading...

Facebook Comments

Loading...