हिन्दु अतिबाद र जातिय अतिवाद बास्तवमा दुबै राष्ट्रको निम्ति घातक छन् ।

0
500
तस्बिर फेस्बुकबाट कपि पेस्ट गरिएको हो।

हिन्दु अतिबाद र जातिय अतिवाद बास्तवमा दुबै राष्ट्रको निम्ति घातक छन् ।

हजारौ बर्ष देखि बसोबास रहेका बैदिक संस्कार, बौद्धिक मस्तिष्क, बहुमत सम्प्रदायलाई प्रहार गर्न यो तस्वीर उद्द्त भएको छ निस्चयपनि यो दुर्भाग्यपुर्ण छ । यस्ले अतिबादलाई  मलजल गर्ने, सामाजिक अशान्तिलाई खलल पार्ने,हिँसालाई प्रोत्साहन दिने, साम्प्रदायिकता लाई भड्कायर अन्ततः राष्ट्रलाई अधोगती तर्फ लैजाने औजार र साधनको रुपमा प्रयोग हुने प्रथम अध्यायको रुपमा देखिएको छ ।

– प्रकाश सिँह भण्डारी

नेपालको पौराणिक  ईतिहासको अध्य्यन गर्दा पुर्वकालमा विभिन्न जातिहरुले राज्य गरेको तथ्य पाईन्छ्न। ती मध्य विशेष खस क्षेत्री, मगर, नेवार र किरात नै प्रमुख छ्न भने अन्य जातीको या त रजौटे वा भुरे टाकुरे भएको पाईन्छ या त शक्तिशाली राज्यको आक्रमणमा परि सामन्तको रुपमा राज्य संचालन गरेको पाईन्छ त्यसबेलाको बस्तुस्थिति र परिबेस विश्व ईतिहास भरि उस्तै रहेको थियो ।

ठ्कुरीबंशका राजा पृथ्वीनारायण शाहले राष्ट्र निर्माण गर्दा तत्कालिन नेवारी राज्य काठमाडौ (जस्लाई नेपाल खाल्टो या नेपाल मन्ड्ल पनि भनिन्छ) को संस्कृति र अस्तित्वलाई यथावत कायम राखी आफ्नो राज्य “गोर्खा” को नामाकरणमा आड्म्बरता देखाएनन् बरु साविक ” नेपाल” नै नामाकरण गरि यस्लाई पुर्व किल्ला कागडा देखि पश्चिम टिस्टासम्म फैलिन पुग्यो । आधुनिक ईतिहासको बास्तविकता लाई हेर्दाखेरि हाल हाम्रो देश नेपाल आफैमा नेवारी राज्य “नेपा:” बाट ततभव हुँदै आएको तथ्य बिद्द्वान हरु बताईरहेका छ्न । जस अनुसार नेपाल आफैमा एक जातिगत देशको नाम हो भन्ने बुझिन्छ तर हामीहरु सयौ बर्ष देखि आ-आफ्ना मौलिक संस्कार र संस्कृतिमा बाचिरहेका छौ ।

हाल ” वीर गोर्खाली” को अंसियार र हकदार जनजाती (गुरुङ, मगर, राई लिम्बू) मात्र हुन कि जस्तो देखिन्छ्न र उनिहरुकै सन्ततिले प्रतिफल खाईरहेका छ्न । जबकि उनै राजा पृथ्वीनारायण का सेना फौजको आक्रमण क्षमाता, कार्य कौशलता र बिरगाथाको बारेमा तिनै बिरोधि अंग्रेज़हरुले नै प्रसंसा गर्दै “गोर्खा फौज” “वीर गोर्खाली” वा ” गुर्खा ( Gurkhaa) , नामको उपाधि संसार भरी कीर्तिमान गरिदिए जबकि राष्ट्र निर्माणको बेलाको त्यो फौजमा क्षेत्री ठ्कुरि र केही आले, राना र थापा मगरहरुको मात्र सहभागीता थियो ।

बास्तबमा कथित दलितहरु आर्यहरुका अबैध सन्तान हुन, यिनिहरु श्रमजिवी बर्ग भएकाले बाहुनको टपरिबाद र क्षेत्रीहरुको अहंकारबादले छुवाछुत उत्पिडनको भुमरिमा धकेलिन पुगे । त्यहि कमजोरीको छिद्रता छिचल्दै ईशाईकरण् अबका केही दशकमा नै बलवान् शक्तिको रुपमा उदय हुदैछ कथित जातिय उत्पिड्नको कथाभित्र अब पनि यस्तो बैज्ञानिक समयमा कथित दलित र आर्यको डि एन ए टेस्ट गरि र बेद् शास्त्रलाई पुन: परिभाषित गरि समतामुलक सहभोज र सहकार्य गर्न जरुरी छ ।

हिन्दु अतिबाद र जातिय अतिवाद बास्तवमा दुबै राष्ट्रका निम्ति घातक नै छ्न । हिन्दु अतिबादीहरु बरणाश्रम र जातपात प्रथा को कुसंस्कार विरुद्ध सधै आफ्नु अनुकुलता मुताविक बैदिक व्याख्या गर्दैमात्र गए । बाहुनहरु वैदिकमहर्षि तपस्वी र बेद्को ब्राह्मणवाद को खोल ओडेर तुरुमे र टपरिबादले र क्षेत्रीहरु पुर्वजहरु बिरगाथा भित्रको अहंकारबाद्ले झन कथित दलितहरुको उत्पिड्न र जनजातिको ऐतिहासिक संस्कृतिलाई पुर्ण आत्मबोध र सम्मान गर्न नसक्नु नै दुर्भाग्य बन्न पुग्दैछ।

कर्णाली क्षेत्रमा सिन्जा राज्य पछि कुनै बेला गण्डकि क्षेत्रमा मगरहरुको शक्तिशाली राज्य थियो र अनि मनकामना, बाराही अन्य हिन्दु मठ मन्दिर मा पुजारी या हर्ताकर्ता भएकाले यिनिहरु हिन्दु धर्म स्विकार गरेको तथ्यदेखिन्छ भने किरात हरुको ईतिहास नै नेपालको प्रमाणित ईतिहास रहेकोले किरात भाषा र संस्कृतिको सम्बर्धन गर्नु राज्यको दायित्व नै रहन्छ । बर्तमान परिबेसमा केही समूह र बर्गको असन्तुष्टिहरु स्वोभाविक हुन्छ्न उनिहरुको शान्तपुर्वक आ आफ्नो बिरोध गर्नु र न्यायसङत मागको दवाब दिनु उचित छ। तर भड्काउमा अशान्त गर्ने हिँसाको बाटो खोज्नु दुर्भाग्यपूर्ण हुन्छ तर त्यस्ता गतिविधिमा राज्यले रोक लगाउन जायज छ । समग्रतामा सम्पुर्ण जातजाती अटाउने र संस्किती संस्कारको  सम्मान गर्ने, भाषा र कला प्रबर्द्धन गर्ने , आपसी सदभाव भाईचारा को बिकास गरि आधुनिक देश र प्रदेश बनाउन हामी सबै सचेत नागरिकको भुमिका निभाउन अबिलम्ब गर्नु हुदैन । अतिबाद्लाई मानवताबाद मा रुपान्तरण गरौ । जय होस यहाँ सबैको ।

– प्रकाश सिँह भण्डारी

Facebook Comments

Loading...