गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको भीड

0
158
गोरखाको मनकामना
loading...

गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको भीड

गोरखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। बडादशैँ अन्तर्गत महाअष्ठमीका अवसरमा मन्दिरमा बुधबार दर्शनार्थीको भीड बढेको छ ।

आफ्नो मनको कामना अर्थात मनको इच्छा पूरा गर्ने  देवीका  रुपमा मनकामनालाई पुज्ने गरिन्छ। देवीलाई  सम्झिएपछी   मनको इच्छा पुरा हुने भएकोले  देवीको नाम मनकामना रहन गएको जनविश्वास रहि आएको छ ।

loading...

आफुले चिताएको काम पूरा होस भनि मनकामना भगवती मन्दिरलाई सम्झी भाकल गर्ने र शुभ साईत हेरी देवीको दर्शन गर्ने  प्रचलन रहि आएको छ  ।

Loading...

वर्षेनी बिशेष गरि नवदुर्गाको समयमा हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा जाने गर्दछन  । रासस

Facebook Comments

Loading...