लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार हुदैछ : मन्त्री थापा

0
299
loading...

लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार हुदैछ : मन्त्री थापा

काठमाडौं, साउन २४ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक समानता नीति २०७५ को मस्यौदा तयार भईरहेको जानकारी दिएकी छन् ।

सिंहदरबारमा हिजो बसेको महिला तथा सामाजिक समितिको बैठकमा उनले बालबालिका सम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापना गर्ने नयाँ ऐनको मस्यौदा पनि तयार भएको जानकारी दिएकी छन् ।

उनले वीरगञ्ज, रुपन्देही र चितवनमा आगामी भदौ १ गतेदेखि बालसुधार गृह स्थापना गर्न स्वीकृति दिएको बताएकी छन् भने काठमाडौँ उपत्यकालाई सडक बालबालिका मुक्त क्षेत्र बनाउने अभियान जारी रहेको र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न बालसंरक्षणका कार्यक्रम सञ्चालन भइरहेको वताईन ।

महिला तथा बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहारमा कमी ल्याउन सामूहिक प्रयासको आवश्यकता पर्ने उनको भनाई छ । मन्त्रालयका कानूनी, संस्थागत तथा कार्यक्रमगत सुधार गर्ने कार्य जारी रहेको उनले समितिको बैठकमा जानकारी दिएकी हुन् ।

Loading...

समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चालू आर्थिक बर्षका कार्यक्रमका बारेमा जानकारी लिएको हो ।

loading...

Facebook Comments

Loading...