गजल

0
305
गजल
तिला लेकाली, बेलाबारी मोरंग

गजल

त्यहि देश हो साथी मेरो जहाँ धुलै धुलो हुन्छ
हिमालबाट तराईतिर बग्ने जहाँ कुलो हुन्छ

loading...

गरिबका झुपडीमा घाम जस्तै मुस्कुराइ
दन्किएर क्षितिज चुम्न बल्या जहाँ चुलो हुन्छ

एउटा रथका दुई पाङ्ग्रा दुबै भाले पोथी भन्दै
तराजुमा राखी समान जोख्ने जहाँ तुलो हुन्छ

loading...

उत्तरमा सेता हिमाल नेपाल र नेपालीको
आकाश भन्दा फराकिलो हृदय जहाँ ठुलो हुन्छ

बलात्कार , हत्या, हिंशा , भ्रस्टाचार जम्मा पारि
सबैलाई डढाउने चकमक जहाँ झुलो हुन्छ

तिला लेकाली
बेलबारी,मोरङ

Loading...

Facebook Comments

Loading...