एकै दिनमा ४६ अर्ब कारोबार, गत वर्षभन्दा यसपालि कारोबार अझ बढ्याे

0
112
४६ अर्ब कारोबार
loading...

एकै दिनमा ४६ अर्ब कारोबार, गत वर्षभन्दा यसपालि कारोबार अझ बढ्याे

काठमाडौं। दसैं सुरुभएसँगै बैंकहरूमा चेक सटही र रकम लेनदेन बढेको छ । नेपाल क्लियरिङ हाउसले यस्तो कारोबार एकै दिन ४६ करोडभन्दा बढी गरेको छ । बिहीबार मात्रै क्लियरिङ हाउसमा ४६ अर्ब ६१ करोड ५० लाख रूपैयाँ कारोबार भयो । त्यसमध्ये चेक क्लियरिङबाट ३८ अर्ब ९७ करोड र बैंक भुक्तानी प्रणाली (आईपीएस)मार्फत सात अर्ब ६४ करोड छ ।

loading...

हरेक वर्ष दसैंअघि कारोबार बढ्छ । फूलपातीको अघिल्लो दिन सबैभन्दा धेरै क्लियरिङ हुने हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले बताइन् । गत वर्षभन्दा यसपालि कारोबार बढेको छ । क्लियरिङ हाउसमार्फत् पछिल्ला पाँच दिन (आइतबारदेखि बिहीबारसम्म)मा दुई खर्ब १६ अर्ब रूपैयाँ कारोबार भयो । त्यसमध्ये एक खर्ब ८३ अर्ब ३८ करोड चेक क्लियरिङबाट भएको हो । ३२ अर्ब ८० करोड चाहिँ आईपीएस प्रणालीमार्फत् भएकाे खबर अाजकाे अन्नपूर्णपाेष्टमा छ ।

Loading...

राष्ट्र बैंकले पैसाको लेनदेनलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने प्रक्रिया थालेको वर्ष बितिसक्दा पनि चेक साट्नेको संख्या हरेक वर्ष बढ्दो छ । अरु समयमा चेक क्लियरिङ र आईपीएस दुवै प्रणालीमार्फत दैनिक औसतमा ३० अर्ब रूपैयाँको ५० हजार पटक लेनदेन हुन्छ ।

Facebook Comments

Loading...