महिला प्रहरीमाथि प्रहरी जवानले गरे बलात्कारको प्रयास

0
142
होटल कुटाईबाट,महिला प्रहरीमाथि

महिला प्रहरीमाथि प्रहरी जवानले गरे बलात्कारको प्रयास

कपिलवस्तु /महिला प्रहरीमाथि बलात्कारको प्रयास गर्ने एक प्रहरी जवान पक्राउ परेका छन् । आफ्नै महिला सहकर्मीलाई बलात्कारको प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान भरत बली पक्राउ परेका हुन् ।

loading...

गत असोज २० गते राति सवा १० बजेतिर भएको यस घटनालाई प्रहरीले लुकाएको खुलाशा भएको छ । डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरीमाथि बलीले बलात्कारको प्रयास गरेका थिए ।

पीडित महिला प्रहरीले गत असोज २१ गते आफ्ना श्रीमानका साथमा जिल्ला प्रहरी कार्यालयमा गएर बलीविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी लगत्तै वलीलाई तत्कालै पक्राउ गरी जबरजस्ती करणीको उद्योगको मुद्दा चलाईएको भएपनि पीडीतको गोपनियताको लागि घटनालाई सार्वजनिक नगरेको प्रहरीले बताएको छ ।

Loading...

प्रहरी नायब उपरीक्षक रवी रावलका अनुसार वलीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाईएको छ ।

loading...

Facebook Comments

Loading...