सारङ्गी बजाउने बाबु-छोरीको मार्मिक कथा, हेर्ने पर्ने कथा

0
124
loading...

सारङ्गी बजाउने बाबु-छोरीको मार्मिक कथा, हेर्ने पर्ने कथा

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो । नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए । ६ वर्षपछि हामी तिनै बाबुछोरीकोलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौँ ।

loading...

झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल । यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरूको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक । ४० घर गन्धर्व छन् ।

सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबीच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन् । सङ्गीत चोकका गन्धर्वहरूको मुख्य पेशा नै गाउने बजाउने हो । उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतीपाती भ्याएर छिमेकी देश भारतका सिक्किम दार्जिलिङ जानेहरूको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।

भिडियो हेर्नुस् ।

Loading...

Facebook Comments

Loading...