फेसबुक का ५ करोड प्रयोगकर्ताको डाटा चोरी, पासवर्ड चेन्ज गर्न आग्रह

0
209
नयाँ फिचर, फेसबुक
loading...

फेसबुक का ५ करोड प्रयोगकर्ताको डाटा चोरी, पासवर्ड चेन्ज गर्न आग्रह

१३ असोज २०७५, विश्वकै एक नं.मा रहेको सामाजिक सन्जाल फेसबुक को डाटा फेरि पनि चोरी भएको छ । फेसबुकले आधिकारीक रूपमा जनाए अनुसार करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको हो ।

loading...

फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका अनुसार ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरेर डाटा चोरी गरेको हुन । यसै फिचरको कमजोरी मार्फत युजर अकाउन्टमा छिरेर डाटा चोरी गरेको पाइएको छ ।

‘भ्यू एज’ फेसबुकको लोकप्रिय फिचर हो । यस मार्फत् कुनै पनि फेसबुक प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिन्छ । डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले का लागि डिसेबल गरिएको छ ।

फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाइ रोजनले आफ्नो ब्लगमा लेखेका छन्, ‘२५ सेप्टेम्बर दिउँसो हाम्रो इन्जिनियरिङ टीमलाई ह्याक भएको जानकारी भयो । त्यतिबेलासम्म पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको थियो । हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौं ।’

यस सँगै धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रयोगकर्ताको फोन र कम्प्युटर दुवैमा फेसबुक अकाउन्ट लग आउट भएको थियो । जसका कारण पुन लग इन गर्नु परेको थियो ।

फेसबुकका अनुसार भ्यू एज फिचरमार्फत् ह्याकर भित्र घुस्न सफल भएको थियो । यसमार्फत् फेसबुकको एक्सेस टोकन चोरी गरियो र युजर अकाउन्टलाई उनीहरुले केहीबेरसम्म आफ्नो कन्ट्रोलमा राखे । यस घटना पछी फेसबुकले नोटीफिकेसन पठाएर पासवर्ड चेन्ज गरेर सुरक्षित रहन आग्रह पनि गरेको थियो ।

एक्सेस टोकन के हो ?

एक्सेस टोकन डिजिटल की जस्तै हो । यसको मार्फत् युजरलाई पटक पटक लगइन गरिरहन आवश्यक पर्दैन । फोनमा एक पटक एप्लीकेसन डाइनलोड गरेपछि उसले केबल एक पटक मात्र पासवर्ड माग्दछ र प्रयोगकर्ताले आफ्नो पासवर्ड राखेपछि आफ्नो अनुकुल प्रयोग गर्न सक्दछ ।

Loading...

ह्याकरले यसैको फाइदा उठाए । निजी कम्प्युटर वा ल्यापटपमा पनि धेरै व्यक्तिले फेसबुक लगइन गरेपछि फेरि लगआउट गर्दैनन् । प्रयोगकर्ताको यही गल्तीबाट ह्याकरले डाटा चोर्न सफल भए । यसबाट बच्न तुरून्त आफ्नो पासवर्ड परिवर्तन गर्नु उत्तम उपाय हो ।

Facebook Comments

Loading...